Breaking News

नक्कली उजुरीकर्ता प्रयोग गरेर सिल लगाउँदै वाणिज्य विभाग

मोबाइल घुस मागेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं, ७ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।

वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मत गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो ।

गत असोज ११ गते उक्त मर्मत केन्द्रमा बिग्रिएको मोबाइल बनाउन गएका अभय कुमार चौधरी र मर्मत गर्ने अहमद खानबीच सामान फेर्नुपर्ने विषयले सामान्य विवाद हुँदा चौधरीले विभागमा तुरुन्त उजुरी गरी टोली लगेर उक्त मर्मत केन्द्र सिल गराएका थिए ।

मोबाइलको पार्टपुर्जा फेर्नुपर्ने विषयमा गलत नियत राखेर वाणिज्य विभाग र चौधरी मिली बार्गेनिङ गरेर सिल खोल्नका लागि केही नयाँ मोबाइल घुस मागेको तथा उक्त प्रस्ताव नमानेको कारण पसल सिल गरेको भनाइ सञ्चालकको छ ।

बजार अनुगमनका नाउँमा नक्कली उजुरीकर्ता तयार गरेर पसलमा सिल लगाई आर्थिक लाभ लिई खोल्ने गरेको भनेर गत असोज १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरीकर्ता अभय कुमार चौधरीलाई वाणिज्य विभागले नै यस्ता नक्कली उजरी गर्न परिचालन गरेको भन्ने आशंका यहाँ हुन्छ, उजुरीकर्ताले सटर सिल भएपछि खुलाइदिन केही थान नयाँ किनिदिए आफूले खोलाइदिने भनेर प्रस्ताव गरेबाट थप केही बुझ्नुपर्ने देखिँदैन ।

वाणिज्य विभागले एकजना उजुरीकर्ताले गरेको उजुरीको आडमा सामान्य मोबाइल मर्मत गर्नेठाउँमा पनि सिल नै गरेको थियो ।

दैनिक ४–५ हजरको मर्मतको काम गर्ने सामान्य ठाउँमा वाणिज्य विभागले सिल नै गरेको देख्दा सर्वसाधारणहरु आश्चर्यमा परेका थिए किनकि त्यहाँ नजिकै करोडौंको कारोबार हुने ठूला मोबाइल पसलहरुले मनलागी कारोबर गरिरहेका थिए ।

भ(याङको छेडीमा रहेको मोबाइल मर्मत गर्ने ठाउँमा सिल डिल नमिलेर भएको भन्ने कुरा सर्वसाधारणले थाहा पाउने कुरा नै भएन ।

पसल सञ्चालक योगिस डाँगी प्रायः पसलमा नबस्ने उनको ठाउँमा अहमद खान बस्ने गर्थेँ, भारतीय नागरिक होलान र पसल नै सिल गरेपछि आर्थिक लाभ हुन्छ भनेर उजुरीकर्ताको योजनामा नै पसल सिल गरिएको हुनसक्ने धेरै ठाउँ छ ।

सामान्य मानिसले बिग्रिएको मोबाइलको पार्टपुर्जा फेर्नुपर्ने विषयलाई पसल सिल गर्ने अवस्थामा पु(याउने कुरा नै भएन । फेरि भन्नेबित्तिकै को सिल गर्न आउँला । यहाँ उजुरी पर्नेबित्तिकै बार्गेनिङ भएको छ कुरा नमिलेपछि विभागको टोली सिल गर्न गएको छ ।

टार्गेट कमजोर र उजुरबाजुर नगर्ने किसिमको मान्छे खोजिएको छ । सामान्यतया विभागले ठूलो कारोबार हुने भीडभाड बढी हुने ठाउँमा बिक्रीवितरणमा कैफियत देखिए सिल गर्ने गर्छ ।

अहिलेको स्थानीय निकायको अधिकार क्षेत्रमा यस्ता साना घरेलु व्यवसाय अनुगमनको तथा सञ्चालन गर्ने क्षेत्राधिकार रहेको अवस्थामा व्यक्तिविशेषको लाभका लागि सिंगो विभाग मुछिनु भनेको लोकलाजको विषय हो ।

मोबाइल घुस मागेको विषयमा सञ्चालकले विभागमा सञ्चारकर्मी र उपभोक्ता अधिकारकर्मीका अगाडि नै सार्वजनिक गरेपछि विभागले एउटा कागज गराएर उक्त सिल खोलेका थिए ।

केही दिनअघि नयाँ बानेश्वरको संगम स्विटमा पनि विभागले अखाद्य पदार्थ मिलावट गरेको भनेर सिल गरेको थियो। दुई दिन नबित्दै उक्त सिल पनि खुलेको छ ।

सिल गर्ने बेलामा यो भेटियो, त्यो भेटियो भन्ने अनि कारबाहीको कुनै विवरण सार्वजनिक नगर्ने विभागको कार्यशैली शंकास्पद छ ।       –आर्थिक दैनिकबाट

sahid diwas