दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो
८ कार्तिक काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा बढने क्रम रोकिनु साटो झन फेरी चुलिने क्रमले नैं निरन्तरता पाएको छ । यो तीन महिनामा पनि ब्यापार घाटा झनपछी झन बढदैं गएको छ ।
हाल दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा हुने गरेको छ । चालू आर्थिक बर्षको (२०७५र०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक बर्षको तीन महिनामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु नेपाल भित्रिएको हो । यो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँको मात्र स्वदेशी वस्तु बाहिरिएको छ ।
आयात निर्यातको अनुपातमा तालमेल हुन नसक्दा हरेक दिन देशले झण्डै ४ अर्बको ब्यापार घाटा बेहोर्ने गरेको छ । तीन महिनाको औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार देशले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । यो क्रम हरेक बर्ष बढ्दै गएको छ ।
आधा भन्दा बढी घाटा त छिमेकी देश भारतसँग मात्रै हुने गरेको छ । यो तीन महिनामा पनि ६३.२ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ । चीन, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, साउदी अरबलगायतका देशसँग नेपालको व्यापार घाटामा छ ।
असोज महिनामा ४० अर्ब २९ करोड राजस्व संकलन, सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट उठ्यो
बढी राजस्वमुखी भएको आरोप लाग्दै आएको बर्तामान सरकारले तीन महिनामै १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।
असोज एक महिनामा मात्रै ४० अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । सरकारले यो महिनामा लक्ष्यको १३७.२४ प्रतिशत राजस्व संकलन गरेको हो । यो भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्त शुल्क र पुर्वाधार करसमेतको रकम हो । असोज महिनामा ५७ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि रसुवा भन्सार विभागले ४ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ ।
यो अवधिमा यस कार्यालयबाट २ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागका निर्देशक विनोद शरण आचार्यले जनाए ।
वीरगंज भन्सार कार्यालयले एक महिनामा १६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको १३५.८१ प््रातिशत हो ।
असोज महिनामा कुन भन्सार कार्यालयबाट कति राजस्व उठ्यो ?