घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ
६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् ।
भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी पक्राउ परेका अख्तियारले जनाएको छ । उनले भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपालल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिदै गर्दा पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।