करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा
काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् ।
मूल्य अभिवृद्धि कर ९भ्याट० मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ ।
कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट यो व्यवस्था हटाउने निर्ढाय गरेको थियो ।
कटन कपडाको भ्याट शतप्रतिशत समायोजक र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे ।
सरकारले दिँदै आएको सहुलियत पूर्णरुपमा हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको नेपाल कपडा उद्योग संघले जनाएको छ ।