जथाभावी भाडा अशुल्ने सवारीविरुद्ध चितवन ट्राफिक आक्रमक
चितवन , २८ असोज । चार्डपर्वको मौका छोपी यात्रुलाई दुस्ख दिने र बढी भाडा अशुल्ने यात्रुसित चितवन ट्राफिक आक्रमक रूपमा लागिपरेका छन् । यसैक्रम्मा, चितवन ट्राफिकले तोकेको भन्दा बढी भाडा असुल्ने बस र माइक्रोलाई कारवाही समेत गरेको जनाएको छ । प्रहरीले मुग्लिङ्ग र आँपटारीमा गरिएको चेकजाँचका क्रममा यात्रुबाट बढी भाडा असुल्ने ४ वटा बस र २२ वटा माइक्रोलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनले यात्रु ठक्ने प्रत्यक सवारी साधनलाई १५ सयका दरले जरिवाना समेत गरिएको बताए । सो सवारीसाधन बाट यात्रुको १५ हजार ८ सय ७० रुपैंया फिर्ता गरिएको छ । दशैंको अवधिभर मुख्य राजमार्ग क्षेत्रमा सवारीसाधन चेकजाँच लाई कडाई पारिने गौतमले बताए ।