हंस सहकारीको तेस्रो अधिवेशन सम्पन्न

 पुरानै नेतृत्व यथावत


चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे १५ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज बिहिबार नारायणगढमा सम्पन्न भएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) को प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गिता वाग्ले विष्ट, जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टाराई, उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कंडेल विशिष्ट अतिथि रहेका थिए भने नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उप महामन्त्रि हरि प्रसाद न्यौपाने, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष प्रकास मणि ज्ञावली, जिल्ला बहुउदेश्यीय सहकारी संघका सदस्य मदन प्रसाद खरेल, भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ र वडा न. ३ का अध्यक्ष चन्द्रमित्र पण्डित लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दिलकुमारी रावल (पार्वती) ले सहकारी संस्था ३ खम्वे अर्थनीतिका आधारमा अगाडी बढ्नु पर्ने धाराण राखेकी थिईन् ।

पुरानै नेतृत्व यथावत

संस्थाको तेस्रो अधिवेशनबाट पनि पुरानै कार्यसमिती चयन गरिएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा ९ सदस्यीय संस्था संचालक समिति र गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ । संचालक समितिको अध्यक्षमा श्री दिनेश कुमार चुके, उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा लेखराज पन्त, कोषध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सदस्यमा शारदा शर्मा पौडेल, राधादेवी आचार्य, प्रा.डा. होमनाथ सापकोटा, शंकर सापकोटा, तेज नारायण खरेल रहेका छन् भने लेखा सुपरिवेक्षण समितिमा संयोजक गोविन्द प्रसाद पौडेल एवं सदस्यमा गोविन्द सुवेदी र कृष्णहरि तिमल्सेना रहेका छन् ।