तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही

चितवन , २२ असोज । चितवन ट्राफिकले तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बजार क्षेत्रमा ठुलो आवाज बनाई जनतामा त्रास उत्पन्न हुने किसिमले सवारी चलाउने ७ वटा मोटरसाईकलहरुलाइ ट्राफिकले नियन्त्रणमा लिएको हो । यस्तै, मोटरसाईकलमा बिभिन्न किसिमका साउण्ड सिस्टमहरु जडान गरी समाजलाई भय एवं त्रास सिर्जना गर्दै हर्न बजाउने र तीब्र गतिमा मोटरसाईकल चलाउने मानिसहरुलाई समेत पक्राउ गरी कानूनी कारवाही शुरू गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।