विपन्नलाई भान्सा चलाउनै मुस्किल

 

धनगढी ( दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् ।

केह्ी दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको समाचार आजको नागरिक दैनिकमा छ ।

सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् ।

खाने तेल प्रतिपोका ९आधा लिटर० ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् । तेलमात्रै हैन, चामल पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको उनले सुनाइन् ।