चितवनका एसपी राठौर भन्छन् : चार्डपर्व ढुक्कले मनाउनुहोस्

 सुरक्षाको मामिलामा नो कम्परमाइज 

 

चितवन , १८ असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा ब्याबस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने भएकोले त्यसलाई मध्ययनजर गर्दै जिल्लाको सुरक्षा ब्याबस्थालाई कडाइ र प्रभावकारी बनाउन विस्तृत सुरक्षा योजना निर्माण गरेको बताएका छन् ।

प्रहरीको सुरक्षा योजनामा दसैँमा जिल्ला बाहिर दसैँ मान्न घर जाने सर्वसाधारणलाई निर्धक्क भइ आफ्नु चाड मनाउन र आवश्यक सुरक्षा प्रहरीले दिने र सूचना उपलब्ध गराए तुरुन्तै प्रहरी घरदैलोमा पुग्ने गरी कार्ययोजना बनाएको भन्दै सबैलाई ढुक्क रहन आग्रह गरेको छ । एसपी राठौरले दसैँतिहारमा राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको सहजताका लागी चितवनको तीन ठाउँमा प्रहरी सहायता कक्ष समेत स्थापना गरिएको बताए । उनका अनुसार यसरी सहायता कक्ष स्थापना हुनेमा नारायणगढको पोखरा बसपार्क, भरतपुरको गोन्द्राङ र पारस बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षबाट यात्रुहरुलाई चाडपर्वमा पर्ने समस्याको प्रहरीले तत्कालै समाधान गरिने योजना सहित प्रहरीले आवश्यक सुरक्षा दिइरहेको समेत प्रहरीले बताएको छ । साथै, उनले चितवनकोो नारायणगढ अत्ति ब्यस्त शहर भएको र दसैँतिहारमा हुन सक्ने लुटपाट, व्यापारीहरुबाट ठगीका घटनाहरु हुने सम्भावनालाई ध्यानमा राख्दै शहरको भित्री गल्लीदेखि चोक चोकसम्म सादा पोशाकमा प्रहरीहरु खटिने समेत उनले बताए । उनले घट्ना घटिहालेको खण्डमा तुरुन्तै घट्नास्थलमा पुगेर रङ्गेहात पक्राउ गर्ने लगायत आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाएको बताए । चाडपर्वमा धेरै आर्थिक कारोबार हुने बैँक तथा बित्तिय संस्था माथि पनि प्रहरीले विशेष निगरानी राख्ने उनले बताए । दसैंमा मानिसहरू घरमा नहुने साथै, चोरीका समेत सम्भावना हुने भएकोले त्यस्ता घरहरुमा पनि प्रहरीले चौंबिसै घण्टा निगरानी राख्ने गरी योजनाहरु तयार पारिएको जानकारी दिए । प्रहरीले अवैध मदिरा उत्पादन बिक्रीवितरण नियन्त्रण तथा चेकजाँच, आगोलागीका तथा बिपद् घट्ना नियन्त्रणलाई पनि मुख्य प्राथमिकतामा राखेको छ । प्रहरीले तयार पारेको योजना अनुसार राजमार्गको सुरक्षा गाडी मोबाइलबाट गर्ने र त्यस्को लागी मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी परिचालित हुनेछन् । त्यस्तै, जिल्लाभर विभिन्न चोकमा पिकेट ड्युटीको लागि २६ वटा प्रहरी कार्यालयबाट ३ र ४ जनाको दरले ९१ जना प्रहरी परिचालित हुने छन् । पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागी ८ प्रहरी कार्यालयबाट ४८ जना प्रहरी खटिँदै छन् । जुवातास, लंगुरबुर्जा र कौडालाई नियन्त्रण गर्नको लागी पाँच वटा प्रहरी कार्यालयबाट पाँच जनाको दरले ४२ जना परिचालित हुन्छन् । बैँक तथा वित्तिय संस्था र सुनचाँदी पसल लुटपाट हुन नदिन ११ वटा प्रहरी कार्यालयबाट ५५ प्रहरी खटिने छन् । जिल्लाबाट जम्मा ४५६ जना प्रहरी चितवनका नागरिकको सुरक्षामा खटिने प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनामा उल्लेख गरिएको छ ।