चितवनको खैरहनीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

स्थानियद्धारा ट्रकमा आगजनी

 

चितवन , १८ असोज । पुर्वी चितवनको खैरहनीको पर्साबजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । स्थानियका अनुसार पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले बिपरित सोही दिशामा जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी नगरपालिका मगनीचोकका सोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।  । ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाईकलमा पछाडी बस्ने महिलालाई उपचारको लागी भरतपुर लगिएको छ । यस बारेमा बुझन खोज्दा खैरहनी प्रहरीको मोबाईल उठेन । ठक्कर दिने टक«लाई स्थानियले आगजनी गरेका छन भने चालकलार्य प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीको भनाई आउन बाकी रहेको छ । विस्तृप्त विबरण हामी पछी ल्याउने छौं ।