निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने : गृहमन्त्री  थापा

 


चितवन,असोज १७(

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला बलत्कार र  हत्यामा सम्लग्नलाई कार्बाही गरेरै छाड्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले आज (बुधबार) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दैं अपराधीलाई कठघरामा ल्याएरै हाडने प्रतिबद्धता गरेका छन् । ९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपराधीहरु कानुनी कठघरामा आएको भन्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने दाबी गरे । ‘निर्मला जस्ता सयौं बलात्कार भएका छन उनले भने, अपराधी कसैले पनि उन्मुक्ति पाँउदैन,बाँकी रहेका २र४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं ।’

घटना लगत्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताए । छानबिन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने समेत गृहमन्त्री थापाले जानकारी दिएका छन् ।

घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, ड्रग्सलगायतका लागूपदार्थ भएको भन्दै उनले मदिराको नियमन र नियन्त्रण गरिने बताए । उनले मदिरा सेवन र बिक्रीवितरणलाई कडा बनाइने जानकारी दिए । अपराधिक क्रियाकलापमा युवाहरु शिकार भएको भन्दै उनले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताए । थापाले देशका ३६ हजार स्कूल क्याम्पस र सात हजार वडामा घरेलु हिंसा विरुद्धको अभियान चलाइने जानकारी दिए । भ्रष्ट्राचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्रथामिकताका साथ काम गरिरहेको गृहमन्त्री थापाले उल्लेख गरे ।

सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी काममा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै उनले चीनसँगको पारवहन सम्झौता र भारतसँगको जल, रेल र यातायातसम्बन्धी महत्वपूर्ण सम्झौता भएको बताए । सरकारले चन्दा आतंक, अपराध, सिन्डिकेट र भ्रष्टचार अन्त्य गर्न कडा कदम चालेको थापाले दाबी गरे । उनले तस्करहरु निस्तेज पारेको र राजस्वमा उल्लेख्य वृद्धि भएको जीकिर गरे । सरकार कडाइका साथ प्रस्तुत भएका कारण गुण्डाहरु भूमिगत भएको उनको भनाइ छ । अर्काे प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकारका कारण ३३ किलो मात्र नभई तीन हजार तीन सय बढी किलो सुन तस्कर गर्नेहरुको सञ्जाल ध्वस्त बनेको दाबी गरे ।