खैरहनी प्रहरीको सक्रियता :अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधन नियन्त्रणमा ।

 


चितवन , १७ असोज । ईलाका प्रहरी कार्यालय खैरहनीले अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधनलाई भटाभट नियन्त्रणमा लिन थालेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको सक्रियताकै कारण निकासी र उत्खन्नमा संलग्न एक एक्साभेटरसहित ७ वटा ट्याक्टरलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । पुर्वी चितवन स्थित कयर खोलाबाट अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचनाका आधारमा प्रहरीले ३ वटा ट्याक्टर र सिफारिस विना माटो निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टरसहित एक एक्साभेटर नियन्त्रणमा लिईएको थियो । प्रहरी निरीक्षक बिष्टले भने ना ५ त ३९९, ना ६ त ५२५५ र ना ३ त ३९५२ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएका थियौं । नियन्त्रणमा लिइएको उक्त सवारीसाधनलाई थप कार्वाहीका लागी हामीले जिल्ला समन्वय समितिमा बुझाउने तयारी गरेका छौँ । उनले भने, दिपेश इट्टा उद्योगले सिफारिस विना माटो निकासी गरिरहेको अवस्थामा ना ५ त ५०६९, ना २ त ५९९, ना ५ त ३५१ र ना ५ त ८९१९ नम्वरको ट्याक्टर र एउटा एक्साभेटर नियन्त्रणमा लिएका छौँ । दिपेश इट्टा उद्योगले व्यक्तीको जग्गाबाट सिफारिस विना माटो निकासी गरेको थियो ।