Breaking News

सामाजिक सञ्जालको दुरुपयोग : फेसबुक लाइभ मार्फत एक युवकले गरे आत्महत्या 

 चितवन , १६ असोज । फेसबुक भनेको सूचना आदानप्रदानका रूपमा लिइन्छ । तर, चितवनमा एक युवकले उनै फेसबुक मार्फत आफ्नो प्राण त्याग गरेको घोषणा औपचारिक रूपमा गरेका छन् ।  रातीको अन्दाजी साँढे नौ बजे आत्महत्या गर्ने घोषणा गरेका पुर्वी चितवनको कालिका नगरपालिकाका बर्ष २६ को युवक निश्चल तामाङले रातीको एक बजे आफ्ना साथीहरूलाई फेस्बुक लाइभ देखाइ आत्महत्या गरेका हुन् । बिहान करिब १ बजे बुबा जीवन तामाङलाइ छोराको कोठामा गएर हेर्नु त अंकल भनेर छोराका साथीहरूले कराउन थालेपछि  उनी छोराको कोठामा पुगेका थिए । तर, कोठामा पुग्दा छोरा झुन्डिएको अवस्थामा देखेँको उनलेे बताए ।’ ‘म निद्रामा थिएँ । मोबाइलमा धेरै कल आएछ थाहा पाइनँ । सदा झैँ आइतबार राति पनि निश्चलको कोठाबाट गुनगुन आवाज आइरहेको थियो । घरमा बुवाआमा, काकाकाकी, हजुरबा आफ्नै धुन र निन्द्रामा मस्त थिए । बाबुले निश्चलको अङ्ग्रेजी बोली सुने तर बुझेनन् । उनलाई लाग्यो कोही साथीभाइहरुसँग कुराकानी गरिरहेको छ होला । तर, खासमा उनी फेसबुकमा लाइभ गर्दै थिए । ‘उसको एक जना विदेशी साथी थियो । घरमा पनि एकपटक आएको थियो । ऊसँग बोल्दा अङ्ग्रेजीमा नै बोल्थ्यो। साथीसँग नै बोल्दै होला भन्ने लाग्यो,’ बुवा जीवन तामाङका अनुसार निश्चल एक लागू औषध सेवनकर्ता पनि थिए । उनको यो कुलत हटाउन तीन महिना अगाडि सानिमाले काठमाडौँस्थित एक सुधार केन्द्रमा लगेर राखेकी थिइन् । उनी भन्छन्, ‘सुधार केन्द्रबाट फर्किएपछि केही ठीक भएको थियो । १५ दिन अगाडि मात्र फेरि काठमाडौँ गएको थियो । फर्केर आउँदा उस्तै भएछ ।’ चार-पाँच दिनदेखि छोरा कोठामा एक्लै बस्ने र बाहिरसमेत ननिस्कने गरेको उनी बताउँछन् । छोराले आत्महत्या गरेको देखेपछि कोठामा पुगेका बुबाले तत्काल प्रहरीलाई फोन गरेका थिए। जुटपानीमा रहेको प्रहरी चौकीबाट सईको कमान्ड टोली तुरुन्तै घटनास्थल पुगेको थियो । चौकीका सई शम्भु चौधरी सहितको टोली त्यहाँ पुग्दा निश्चलले आत्महत्या गरिरसकेका थिए । चौधरीले भने,’ मोबाइलबाट फेसबुक लाइभ गरी आत्महत्या गरेका रहेछन् ।’ प्रहरी घट्नास्थलमा पुग्दा कोठामा फोन र रक्सीको बोतल मात्रै थियो । फेसबुकले झुण्डिएको अन्तिम भिडियो भने उनको प्रोफाइलबाट हटाइसकेको जनाएको छ ।

बचाउने प्रयास सम्भव भएनन् ।
यता , फेसबुक मार्फत आत्महत्याको घोषणा गरेका तामाङलाई कसैले पनि बचाउन सकेनन् । रातीको अन्दाजी ९ बजे आत्महत्याको घोषणा गरेका उनलाइ एक बजेसम्म पनि कसैले बचाउन नसकेको बताइएको छ । आत्महत्याको घोषणा गरेको चार घण्टा सम्म उनको लाइभ सयौँले हेरेका थिए । तर, हेेेर्ने ब्यक्ति दर्शक मात्रै रहिरहे तर, बचाउन भने कसैले सकेनन् । मेन्सरुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए । फोन गरिएका पनि थिए । फेसबुकमा रिपोर्ट पनि भएका थिए । तर , सबैको प्रयास व्यर्थ नै भयो ।
कसरी भयो लाइभ र हत्या ?
आइतबार रातीको झन्डै साँढे नौ बजेको थियो । उनलेे आफ्नु सामाजिक सञ्जाल फेसबुक मार्फत अंग्रेजीमा लेखेका थिए , धेरै गम्भीर कुरा हुँदै छ । म आज राती १२ बजे लाइभ आउँदै छु । कृपया , मेरो लाइभलाइ यथाशीघ्र रेकर्ड गर्नुस् । त्यो सांकेतिक रूपमा स्ट्याटर्स लेखिएको थियो रातीको झन्डै १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना फेसबुक मार्फत लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ?’ यसमा उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेका कमेन्टहरु थिए । आत्महत्याको संकेत गर्ने स्टायटस लेखेलगत्तै उनले थप तीन वटा स्टायटस लेखे-
– समय : रातीको १२ बजे,
– प्रतीक्षा गर्नुस्
– लाइभ रेकर्ड गर्न तपाईँहरु नबिर्सनुस् है ।
राती ११ बजेर ४७ मिनेटमा उनी लाइभमा आउँछन् । ह्विस्की खाँदै उनी लाइभमा बोलिरहन्छन् । लाइभ भिडियो काटिन्छ । मध्यरात १२ बजेर १३ मिनेटमा उनी लाइभमा आउँछन् । मेरी आमाको यो स्कार्फले झुण्डिएर मर्छु भन्दै देखाउँछन् । डेढमिनेट पछि फेरि लाइभ काटिन्छ । लाइभ हेरिरहेकाहरुले गरेको कमेन्टमा प्रतिक्रिया दिदै उनी भन्छन्, ‘मेरो समस्या तपाईँहरुले सोचे जस्तो छैनन् । मर्नु नै मेरो समाधान हो । मेरो मम्मी सुतिसक्नु भएकोले यो निर्णय गर्दैछु । भिडियो लाइभ भइरहँदा कोही आएको जस्तो देखिन्छ । निश्चलको जवाफ हुन्छ, ‘तपाईँ आरामले सुत्नु दुई घण्टाइपछि तपाईँलाई कहिले पनि डिस्टर्ब हुने छैन ।‘ राती १२ बजेर २२ मिनेटमा उनी लाइभमा आउँछन् र झण्डै १७ मिनेट कुरा गर्छन् । लाइभ काटिन्छ । त्यसलगत्तै फेरी लाइभमा आउँछन् । लाइभमा देखाएरै उनी टेबलमा चढ्छन् र स्कार्फको पासो आफ्नो घाँटीमा लगाउँछन् । अनि झुण्डिन्छन् । लगत्तै लाइभ भिडियो काटिन्छ । झुण्डिँदा झुण्डिँदै भिडियो काटिएकाले कसैले ठट्टा पो गरेको हो कि भनेर शंका पनि केहीले गरे । कसैले  लाइभ भइरहँदा कति खेर गर्ने हो, सुत्न ढिला भइसक्यो भनेर समेत जिस्क्याएका थिए । तर, यो ठट्टा थिएन ।
उपचार के ? 
कसैले यसरी सामाजिक सञ्जाल फेसबुक, इमो , भाइवर , ट्वीटर अथवा कुनै पनि बिद्युतीय माध्यम मार्फत वा कल, एसएमएस मार्फत आत्महत्याको सं‌केत देखाए तुरुन्तै फेसबुकमा रिपोर्ट गर्न सकिन्छ । भने, तत्कालै नजीकको प्रहरी वा १०० नम्बरमा फोन गरी जानकारी दिन सकिन्छ ।

फेसबुक मार्फत ज्यान गुमाउने को को हुन्  त ? 
सहि सदुपयोग होस् भनी सामाजिक सञ्जाल फेसबुक मार्फत  लाइभ गर्ने सुविधा फेसबुकले सबैलाई उपलब्ध गरायो । यद्यपि , त्यसको सदुपयोग हुनुको सट्टामा दुरुपयोग हुने क्रम बढेको छ । लाइभ मार्फत सूचना आदानप्रदान दिन फेसबुकले सन् २०१६ देखि औपचारिक रूपमा दिएका थिए । तर, लाइभलाइ अहिले आत्महत्याको बाटो रोजिएको छ । विदेशमा यस्ता घटना थुप्रै भए पनि नेपालमा भने पहिलो पटक यस्तो भएको हो । यस्ता , छन् विदेशमा भएका केही घटना :-
  • जेर्ड म्याकलेमोरले मेम्फिसको एक बारमा फेसबुकमा लाइभ गर्दै आफू लाई जलाएका थिए ।
  • अलाबामाका जेम्स एम जेफ्रीले फेसबुकमा लाइभ गर्दागर्दै बन्दुक निकालेर आफ्नै टाउकोमा हानेका थिए ।
  • टर्कीका एर्डोगन सेरेनले पनि आफ्नो मृत्युको भिडियो फेसबुकमा राखेका थिए ।
  • थाइल्यान्डको फुकेटमा २० बर्षेले २१ बर्षिया पार्टनरलाइ धोला दिएको भन्दै  आफ्नो ११ वर्षको बच्चालाई झुण्ड्याएका थिए। यो भिडियो उनको पेजमा झण्डै एक दिनसम्म रहेको थियो ।
  • अमेरिकाको जर्जियामा एक १२ वर्षीया किशोरीले नातेदारले दुर्व्यहार गरेको भन्दै फेसबुकमा लाइभ देखाएर आत्महत्या गरिन् ।
  • र, नेपालमा आइतबार राती एक बजे एक युवकले आत्महत्या गरेका छन् । बर्ष २६ को निश्चल तामाङले चितवन स्थित आफ्नै घरम फेसबुक मार्फत आत्महत्याको घोषणा गरेका हुन् ।

फेसबुकले आफ्नो प्लेटफर्ममार्फत् यस्तो दुरुपयोग बढेपछि गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्सबाट आत्महत्याको प्रवृत्ति उसका फेसबुक साथीहरुभन्दा छिटो थाहा पाएर रिपोर्ट गर्ने टुलको प्रयोग युरोपबाहेक विश्वभर सुरु गरिएको बताइएको थियो ।

त्यस्तो संकेत देखाउनेलाइ एक्लै छाड्नु हुँदैन – मनो चिकित्सक । 
निराश भइरहेको मानिस एक्कासी खुशी र खुशी मानिस एक्कासी दुःखी हुँदै गयो भने त्यो आत्महत्याको लक्षण हो । आत्महत्या गर्ने मानिसले गिफ्टहरु साट्ने, हिसाबकिताब मिलाउने आदि कामहरु गर्छन् । साथीभाइहरुसँग भेट्ने लगायत अन्य कुराहरु योजनावद्ध रुपले गरेर आत्महत्या गर्छन् । त्यस्तै, कतिपय युवा आवेगमा आएर आत्महत्या गर्छन् । फेसबुकमा स्टाटस लेख्ने र लाइभ गर्नेहरुले आवेगमा आएर आत्महत्या गरेका हुन् । यस्तोमा प्रहरीमा तत्काल उजुरी गरेर बचाउन सकिन्छ । आत्महत्या गर्ने संकेत देखाएकाहरुलाई साथी तथा परिवारका सदस्यहरुले बचाउन सक्छन् । त्यस्तो बेलामा उनीहरुको कुरा सुन्नुपर्छ । जिस्काउने र होच्याउने गर्नु हुँदैन । उनीहरुको समस्या समाधान गर्न सहयोग गर्नुपर्छ । चिन्ता नलिनू हामी छौँ, हामी सहयोग गर्छौ भनेर सहयोग गर्नुपर्छ । सम्झाई बुझाई मनोचिकित्सककोमा लानुपर्छ । उनीहरुलाई एक्लै बस्न दिनुहुँदैन । योजना बनाएर आत्महत्या गर्नेहरुले अनौठो व्यवहार देखाउँछन् । त्यस्तो बेलामा परिवारको सदस्य सचेत हुनुपर्छ । परिवारका सदस्यहरुले साथ र सहयोग गर्नुपर्छ । अनौठो व्यवहार देखाएमा एक्लै छोड्नु हुँदैन । समस्याहरु भन्न लाउनुपर्छ । उसको समस्या सुनेर तत्कालै समस्या समाधान गर्न पहल गर्नुपर्छ ।

sahid diwas