कम्युनिष्ट सरकारको उपहार :  सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

दशैंको मुखमा जनतालाई सबैतिर महंगी बढने

काठमाडौं,असोज ७ –

नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार १० १० प्रतिशत भाडा बढाउन सहमत भएएको हो । भाडा बढेसँगैं सबैतिर महंगी बढने भएको छ ।

व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि भाडा बढाउने माग राख्दै आएका थिए । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएपछि सो अनुसारको भाडा बृद्धि गर्नुपर्ने माग व्यवसायीको थियो । भाडा बढाउने सरकारको निर्णयसँगै यातायात व्यवसायी दशैंको अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका छन् ।

२०६९ सालमा सार्वजनिक यातायातको भाडा पुनरावलोकन भएको थियो ।