चितवनका सामाजिक अभियन्ता गजुरेल काठमाण्डौंमा सम्मानित
चितवन, ३० भदौ । पुर्बी चितवनका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल काठमाडौमा सम्मानित भएका छन् । उनलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १२ औं राष्ट्रिय महाधिवेशनका अवसरमा परिषदले सम्मान गरेको हो । सामाजिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै चितवन खैरहनी ८ निवासी गजुरेललाई सम्मान गरिएको परिषदले जनाएको छ । कार्यक्रमका विशिष्ठ अतिथी श्री १०८ अमृतराजजी महाराज र परिषदका अध्यक्ष मातृका प्याकुरेलले उनलाई सम्मानित गरे । कार्यक्रमको प्रमुख अतिथी अर्थमन्त्री डाक्टर युवराज खतिवडा थिए । गजुरेलले चितवनको खैरहनी माध्यमिक विद्यालयमा जन्मोत्सव तथा स्मृती छात्रवृती अक्षय कोष स्थापना गरेर गरिव तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा सहयोग पुर्याउँदै आएका छन् । २०६७ सालमा स्थापना गरिएको अक्षयकोषमा करिव ८५ लाख रुपैया संकलन भईसकेको छ । अक्षयकोषमा १ करोड पुर्याउने उनको लक्ष्य छ ।