नेपाली रास्ट्रीयताको रक्षाको निम्ति आवाज बुलन्द गरौ !, भन्दै देजमोद्धारा विरोध प्रर्दशनको तयारी
काठमाडौं, भदौ २८ । नेपालको निशानछाप तथा सम्पूर्ण नेपाली कार्यालयहरुमा झुन्ड्याईएका तथा प्रयोग गरिएका नेपालको नक्शामा नेपाली भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरा छैनन !
भारत द्वारा बनाईएको र नेपालमा प्रयोग गरिएको उक्त नक्शामा ३ सय ७२ बर्ग कि.मि. नेपाली भूभाग समावेश छैन ! भनिन्छ कथित लिपुलेक सम्झौतामा चिनले त्यही नक्शालाई आधार मानेर ह्स्ताक्षर ग(यो ! देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कालापानीमा भारतीय सैनिक क्याम्प रहेको नेपाली भूभाग र सम्वेदनशील लिपुलेक तथा लिम्पियाधुरा नेपालले आधिकारक मानेको नक्शा र निशान छापमा समावेश नुहुनु यो कुनै लापरवाही नभई ति नेपाली भूभागहरु भारतमा मिलाउने योजनाबद्ध प्रपन्च हो र यसमा दुवै देशका प्रतिक्रियावादी शाषकहरुको हात छ !
तसर्थ स् सम्पूर्ण देशभक्त नेपालीहरु एक हौ ,भारतीय विस्तारवाद र त्यसको दलाल नेपाली शाशकहरु र उनका रास्ट्रघाती कदम को बिरोध र भण्डाफोर गरौ , नेपाली रास्ट्रीयताको रक्षाको निम्ति आवाज बुलन्द गरौ !
त्यसका निम्ति आज भाद्र २८ गते ठिक १२ बजे सुन्धारा बाट देजमो,नेपालका अध्यक्ष क. सी.पी.गजुरेलको नेतृत्वमा सम्पन्न हुने बिरोध प्रदर्शनमा सहभागी बनौ ! ,विज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्ती जस्ताको तस्तै यसप्रकार छ ।