गैंडाकोट नगरपालिकाको विवाद चरम उत्कर्षमा

उपमेयर कँडेलले लगाईन ताला

गैंडाकोट, भदौं २७
नवलपुरको गैडाकोट नगरपालिकाको विवाद चरमउत्र्कोषमा पुगेको छ । मेयर र उपमेयरविचको विवाद बढदैं गएपछी त्यो सतहमा नै प्रकट भएको हो । उपमेयर विष्णु कँडेलले नगरपालिकामा ताला लगाएसँगै उनीहरुविचको विवाद सतहमै छताछुल्ल भएको हो ।
उपमेयरले कँडेलले नै नगरपालिकामा तालावन्दी गरे पछी सेवाग्राहीहरु मर्कामा परेका छन् । कांग्रेसका नगरमा उपलब्ध नेता कार्यकर्ता लिएर आएकी उपमेयर कँडेलले मेयर र प्रमुख प्रशासकिय अधिकृतले मनोमानी गरेको भन्दैं ताला लगाएकी हुन् । उपमेयरको नेतृत्वमा आएको टोलीले प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य र मेयर छत्रराज पौडेलको कार्यकक्षमा तालावन्दी गदैं मेयर पौंडेलको नेमप्लेट समेत उप्काएर फालिदिएका छन् ।

गत असारको खर्च विवरणसहितको भौंचर एकपटक हेर्न प्रमुख प्रशासकिय अधिकृतसँग मौंखिक र लिखित रुपमा माग्दा समेत नदिएको कारणले तालावन्दी गर्नुपरेको उपमेयर कँडेलले दावी छ ।
मेयर छत्रराज पौडेलले जथाभावी तोक लगाएर रकम दिने काम गरेको भन्दैं नियमसंगत काम गर्न सुझाएको उपमेयर कँडेल बताइन् ।
यता, नगरपालिकाका मेयर छत्रराज पौडेलले बदमासी गर्न नपाएर तालावन्दी गरिएको टिप्पणी गरे ।

पत्रकार कुट्ने जनप्रतिनिधीविरुद्ध किटानी जाहेरी

यता, गत भदौं २२ गते गैंडाकोट नगरपालिकाका जनप्रतिनिधीले पत्रकार अजय गोर्खालीलाई कुटपिट गरे । समाचार संकलनका लागि गएका जनआस्थाका पत्रकार गोर्खालीलाई कुटपिट गर्ने जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी परेको छ ।

हातपात लछारपछारमा संलग्न भएको भन्दै गैंडाकोट नगरपालिका वडा ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, वडा १८ का वडा अध्यक्ष तिलबहादुर चितौरे, वडा ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय कार्यपालिका सदस्यहरू सुकबहादुर दराई, कान्छिमाया पुरी, कुमारी रेखा पौडेल, संगीता घिमिरे पण्डित र मेनुका कंडेलविरुद्ध किटानी जाहेरी दर्ता भएको हो

भदौ २२ गते शुक्रबार गैंडाकोट नगरपालिकाको कार्यपालिका बैठकमा दोहोरो भत्ता लिने कि नलिने भन्ने विषयमा विवाद भएको भन्ने जानकारी पाएपछि सूचना लिनका लागि नगरपालिका पुगेका पत्रकार अजय गोर्खाली जनप्रतिनिधिबाटै कुटिएका थिए ।