आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?
के सरकारी निकाय निकम्मा भएकै हुन त ?
चितवन,भदौं २१(
नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो ।
उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा त्याहाँबाट गिटी बालुवा अन्यत्र सप्लाई गर्ने कार्यलाई प्राथमिक्ता दिएकै कारण सडक बनाउने कार्य असाध्यै ढिला गरी मात्र सम्पन्न भएको छ । जुन विषय यस अघि नै आईसकेको छ । जे होस बाटो बनिसकेको छ । यो राम्रो कुरा तर तिनै ठेकेदार कम्पनीहरुको मिलेमतोमा अहिले त्रिशुलीमा अबैध क्रसर उधोग सञ्चालन भईरहेको छ ।
यो कुरा चितवन प्रहरी, जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरलाई मात्र होईन् अन्य सम्बन्धित र सरोकारवाला निकाय सबै सबैलाई थाहा छ । तर गलत कार्य भएको टुलुटुलु हेरेर बस्ने कार्य किन भईरहेको छ ? यो कुरा बुझिनसक्नु छ । ठेकेदार कम्पनिले अघि सारेका एकजना चितवनकै राप्रापाका जल्दाबल्दा ब्यक्ति हुन बलराम खनाल । हो उनै खनालको नाममा रहेको क्रसर उधोग ले अहिले त्रिशुलीमा मनपरी रुपमा उत्खनन् र दैनिक दर्जनौ टिप्पर गिटी बालुवा ढुगां चितवन र काठमाण्डौ सम्म सप्लाई गरिरहेको छ ।
त्रिशुली नदिबाट तिव्र रुपमा नदिजन्य बस्तुको अबैध उत्खनन् र ओसार पोसार भैरहेको छ । तर त्यसको रेखदेख, अनुगमन र नियमन गर्ने अधिकार पाएका निकाय र तह मुकर्दक बस्दा तस्करी बढेको मात्र छैन् अपितु तस्करहरुको मनोबल अझ बढेर गएको छ ।
देशको ठुलो मात्र होईन सबैभन्दा गहिरो नदीको रुपमा रहेको त्रिशुलीमा यसरी अबैध र मनलाग्दी उत्खनन् गर्दा त्यसको दिघकालिन असर के पर्छ ? के जिम्बेवार निकायमा आसिनहरुलाई हेक्का छ ? बिना बाताबरणीय प्रतिबेदन यसरी शक्ति हुने र शक्तिशालीहरुको आशिर्वाद पाएकाले गर्ने मनलाग्दीलाई रोक्न नसक्नु सरकार र सरकारी निकायहरुको निकम्मापन नभने के भन्ने ? नदीजन्य पदार्थको अबैध दोहनमा मिलिभगत होईन भने सरकारी निकाय किन मौन ?
राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्यमार्गको छेवैमा यतिठुलो अनियमिता हुँदा नदेख्ने सरकारी निकायले देशका दुरदराजमा भएका अनियमिततालाई कसरी देख्न सक्छ ?
दिनलाई रात बनाउने गरी ठेकेदारहरुले गुमाराहमा राख्दापनि केही गर्न नसक्ने किन ? अनि के नियम कानुन साना र निर्बलियालाई मात्र हो ? कि सडक निमार्णमा चरम ढिलाई र लापारबाही गर्ने ठेकेदार र उस्का मतियारहरुलाई उपहार स्वरुप उत्खनन् र खुलम खुल्ला नक्कली कागजपत्रको आधारमा लुट धन्दा मच्चाउन दिईएको हो ? हाईन भने बिना बाताबरणीय प्रतिबेदन मुख्य मार्गकै छेवैमा यसरी उत्खनन् गर्न छुट दिने कार्य कदाचित उचित र न्यायोचित होईन ।
अत् तत्काल उक्त अबैध क्रसर उधोग बन्द गराई प्राकृतीक श्रोतको गैह्रकानुनी उत्खनन् र निकासी गर्नेहरु सबैलाई कडा कार्बाही गरी देशमा सरकार, कानुन र कानुन कार्यान्वयन गर्ने निकाय रहेको आभास दिलाउन सक्नुपर्छ मिलेमतो होईन भन्ने सन्देश दिन सक्नु पर्छ ।आखिर कस्को बलमा अबैंध क्रसर उधोग चलिरहेको त्यो त्यो पर्दाफास भएरै छाडने छ,हामी निरन्तर लागीपर्ने छौं ।
हेरौ बामपन्थीहरुको दुईतिहाई बहुमत भएको जनपक्षिय सरकारले अबैध रुपमा प्राकृतीक श्रोतको दोहन गर्ने लुटेराहरुलाई कार्बाही गर्छ वा उन्मुक्ति दिईरहन्छ ? त्यो हेर्न धेरै समय कुर्नुनपर्ला, एक दुईदिनमै देख्न पाईन्छ । आगे चेतना भए ।