प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर परेपछि देशभरका पत्रकार आन्दोलनमा

संसद घेराऊ लगाएतका कार्यक्रम गर्दै

भदौँ । सरकारद्वारा प्रस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने काम भएको भन्दै देशै भरका पत्रकार बिरोधमा उत्रिएका छन् ।

१ भदौबाट लागु भएको मुलुकी (देवानी र फौजदारी ) संहिता ऐन २०७४ मा व्यवस्था भएका केहि प्रवधानहरुले प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै नेपाल पत्रकार महसंघको आह्वानमा केन्द्र,प्रदेश सरकार र जिल्ला –जिल्लामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग राखेर ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संहिताका केहि प्रावधानहरुले सञ्चारमाध्यममा प्रकासित –प्रसारित सामग्रीकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था आएको बताउनुभयो ।

सरकारले तत्काल संशोधन गर्नुपर्ने अडान महासंघले राखेको छ ।