सिटिईभिटीका सहसचिवहरुलाई मन्त्री पोखरेलको निर्देशन
‘सिटिईभिटीको परिचय बदल्नुस’
काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिईभिटी० को परिचय बदल्नेगरी काम गर्न सिटिईभिटीका सहसचिवहरुलाई निर्देशन दिनुभएको छ । सिटिईीभटी प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले सिटिईभिटीको बिग्रेको छविलाई सुधार्न निर्देशन दिनुभएको छ ।
मन्त्री पोखरेलले भन्नुभयो ः सिटिईभिटीका कर्मचारीहरु सेवा निवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिईभिटी अन्र्तगतका प्राईभेट संस्थाहरुको मालिक बन्ने आम जनताको आरोप छ । तपाईहरु सार्वजानिक ठाँउमा सिटिईभिटीको कर्मचारी हुँ भनेर परिचय दिदा ह्रदयदेखि नैं गर्व हुने वातावरण छ त रु मन्त्री पोखरेलले प्रश्न गर्नुभयो ।
यो ६ महिनाको बिचमा सिटिईभिटीले गरेका कामको नतिजा र प्रगति पनि चाहियो उहाँले भन्नुभयो ः अब कुरामा होईन नतिजामा काम देखिनुप¥यो । सिटिइभिटीले गरिरहेको कामको गति बढाउन र नतिजा आउनेगरी काम गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो ।
२०४६ सालको परिवर्तन पछि शिक्षामा नीजिकरण प्रवेश गरेको बताउँदैं उहाँले यस्को प्रभाव सिटिईभिटीमा पनि परेको बताउनुभयो । लामो समयदेखि सयौं फाईलहरु हुँदा हुँदैं पनि हामीले ९५ वटा सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय गरेका छौं, मेरो यो निर्णयको स्पिड र मर्म बुझ्न अनुरोध गर्छु । मन्त्री पोखरेलले भन्नुभयो ः मन्त्रीको भुमिकाबाट बाहिरिदैं गर्दा मेरा नाममा कुनैं नीजि कलेजको सेयर हुनेछैंन । संस्थागत पारदर्शि ढंगबाट सम्पुर्ण कामहरु सम्पादन गर्नुहोस ।
सिटिईभिटीमा ९ सय ३२ जना कर्मचारीहरु छन् । त्यसमध्ये सय भन्दा धेरैं उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । ति जनशक्ति कसरी सदुपयोग गरिएको छ रु मन्त्री पोखरेलले भन्नुभयो ः उनिहरुले के योगदान दिईरहेका छन् रु वस्तुनिष्ठ समिक्षा गर्दै उचित जिम्मेवारी दिन आवश्यक छ । संस्थालाई ठिक ढंगले सञ्चालन गर्न योग्य मान्छेलाई उचित जिम्मेवारी दिनुपर्छ ।
अब हरेक महिनाको दुई पटक सिटिईभिटीमा नैं सहसचिव स्तरको बैंठक नियमित बस्ने बैंठकले निर्णय पनि गरेको छ ।
आफ्नो योजना र गतिलाई बुझिदिन आग्रह गर्दै मन्त्री पोखरेलले तथ्यको आधारमा सही रिर्पोटिङ गर्न र सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।