महेशपुरपत्तारीमा प्रहरीको अशुली धन्दाले सिमा नाघ्यो

जिल्ला प्रहरी प्रमुख बेखबर !

लहान, १९ भदौ । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीको अशुली काण्ड एकपछि अर्को गर्दै बाहिरिने क्रममै रहेको छ । तर, जिल्ला प्रहरी प्रमुख रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार स्रोतले बताएको छ ।

बिवादास्पद कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण महेशपुरपत्तारी र सोको मातहतमा अशुली आतंकले पछिल्लो समय जरा नै गाडेको छ । हामीले खबर संकलन गरेपछि पाँच महिनापछि अपराधी त समातिन्छ तर बिड्म्बना नै भन्नुपर्छ अशुल्ने अभियान अझै नियन्त्रण बाहिर नै हुन्छ ।

तत्कालीन समयमा संघीय प्रहरी इकाई कार्यालय राजबिराजमा बलराम शर्मा पौडेल एसएसपी (जो हाल अवकाश प्राप्त) हुँदा म्यादी प्रहरी भर्ना छनौटका क्रममा अनियमितता गरेको आरोप लागेपछि प्रदेश तानिएकोमा तत्कालीन दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा एआइजी बिजय लाल कायस्थलाई समेत प्रभावित पारी निज आफ्नै दरबन्दीमा फिर्ता भएका थिए ।

सो क्रममा उनलाई दुई नम्बर प्रदेश प्रहरी कार्यालयले फागुन ०८, २०७४ मा चलानी नम्बर १९५ अनुसारको फिर्ता रवाना गरी पठाइएको भनी नयाँ चलानी नम्बर ५३७ उल्लेख गरेर पठाइएको थियो । तत्पश्चात पनि नानी देखि लागेको बानी कहाँ छुट्थ्यो र ? उनी अझैसम्म सुध्रेका छैनन् ।

जुन पछिल्लो ४ महिनाको घट्नाक्रमले स्पष्ट पार्दछ । उनै प्रहरी निरीक्षक यादव सई दर्जामा जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवामा कार्यारर्त हुँदा समेत अशुली काण्डमा तानिएपछि प्रहरी मुख्यालयले निलम्बन गरी भोजपुर काज खटाइएको थियो ।

र, उनी एक बर्ष भोजपुरमा हुँदा समेत उनको ब्याबहारमा कुनै परिवर्तन आएनन् त्यसपछि उनी प्रहरी निरीक्षकमा बढुवा भए र संघीय प्रहरी ईकाइ कार्यालय राजबिराज पुगेका थिए ।

अशुली आतंक अझै रोकिएन, माथिल्लो निकाय रमिते
१. गएको साउन २५ गते सोही प्रहरी कार्यालयको प्रहरी टोलीले चोरीको आरोपमा शंकास्पद रहेका चार जोडीलाई नियन्त्रणमा लिइ अभिभावकको जिम्मामा पुनः छाडिएको छ । अनुसन्धान पश्चात २८ गते सोमबार उनीहरुसँग रकम लिइ अभिभावकको जिम्मामा रिहा गरेको प्रहरी स्रोतले बताएको छ ।

तर, चोरीमा संलग्न नै नभएका मानिसहरूलाई किन नियन्त्रणमा लियो भन्ने बिषयमा प्रहरी आफैं अनभिज्ञ छ । पछि वर्डा नम्बर ३ का वर्डा अध्यक्ष हनुमान मण्डल र प्रहरी निरीक्षक यादवको प्रत्यक्ष मिलेमतोमा सुनियोजित ढंगले नियन्त्रणमा लिएर पछि कानुनी कार्वाही नै नगरी हचुवाको भरमा रकम लिइ उन्मुक्ति दिएको स्रोत बताउँछन् ।

निजले चोरी नै गरेको भए चोरी ऐन अन्तर्गत मुद्दा दर्ता किन गरेनन् ? चोरीमा संलग्न नभएको भए किन रकम लियो आश्चर्यको बिषय रहेको स्रोत उल्लेख गर्छ ।

२. साउन अन्तिम साता लक्ष्मीपुरपतार गाउँ वर्डा नम्बर २ बस्ने पोखरबिन्दा बस्ने बिष्णु यादव बर्ष ३२ को लाई पक्राउ गरी ४ दिन हिरासतमा राखी कार्वाही नै नगरी छाडिदिएका छन् ।

एक महिलाले बैंकबाट पिछा गरी आफ्नु दुई लाख रुपैयाँ लुटिएको भनी उजुरी हालेको सम्बन्धमा निजले उक्त घट्नामा आफ्नु संलग्नता भएको भनी स्वीकार गरे पनि अभियुक्तलाई चोरी अन्तर्गतको मुद्दा दर्ता नै नगरी पीडितलाई एक लाख रुपैयाँ र प्रहरीलाई ५० हजार रुपैयाँ दिने सर्तमा कार्वाही नै नगरी उन्मुक्ति दिएका छन् ।

सादा पोशाकको फाइदा उठाउदै प्रहरी, तस्करीको लाइन खुल्यो
१. महेशपुरपत्तारीको मातहतमा रहेको जानकीनगर, कस्मारी, झाजपट्टी अन्तर्गतको सिमा नाकामा रहेको प्रहरी चौकीमा समेत अशुली आतंक बढ्दो छ ।

त्यहाँको बरीयारपट्टी ५ जानकीनगर बस्ने भगवानलाल साहले भारतको लदनियाँ बजारबाट हार्ड्वेयर, मोटर्सपार्स र खैनी कटाएर दसगजा जोडिएको गाउँ गरम्मा ल्याइ स्टोरमा जम्मा गर्छ त्यसपछि ट्याक्टरबाट महेशपुरपत्तार हुँदै मोटरसाइकलमा रातको दस बजेपछि सिधै थानाको चोरबाटो हुँदै तस्करीका समान भित्र्याउने गरेको छ ।

तस्करी गराए बापत ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारका बदनाम घुमुवा प्रहरी हवल्दार रघुनन्द यादवलाई तस्कर साहले मासिक रूपमा रकम दिने गरेका थिए । हवल्दार यादवको दरबन्दी प्रहरी चौकी झाजपट्टी भएपनि उनी झन्डै दुई बर्षदेखि त्यहीँ कार्यालयको सादा पोशाकमा खटिएका बदनाम प्रहरी कर्मचारी हुन् ।

अर्का जोगीन्द्र , गुरुदेव र सिकेन्द्र यादव साथै देवीन पासवान, आशान चौधरी लगायतले उनै प्रहरी हवल्दार रघुनन्द यादवलाई रकम दिई मोटरसाइकल मार्फत रजनीगन्धा, दूध पाउडर र राज निवास पान लगायतका सामान भारतबाट नेपाल ल्याउने काम गर्दैआएका छन् ।

त्यस्तै, कृष्णदेव भन्ने महाराजी यादवले नेपालबाट बालुवा, ढुंगा, गिट्टी भारततर्फ कटाउने साथै एलभेस्टर र हार्ड्वयर भारतबाट नेपालतर्फ ल्याउने गरेका छन् । तस्करी गराएबापत उनले हवल्दार यादवलाई महिनावारी रकम उपलब्ध गराउने गरेका छन् ।

सोही मातहतमा पर्ने झाजपट्टी सिमा नाकाबाट अहिले आनन्द यादव, बद्री यादव, मनोज यादव (नेपाली कांग्रेसको वर्डा अध्यक्ष) भारतको तिर्थ यादव र पप्पु यादवले मोबाईल, मरिच, स्याउ, ट्याक्टरमा लैजाने गरेका छन् भने कपडा, चिनी भारतबाट नेपाल ल्याउने गरेका छन् । प्रत्यक तस्करहरुले रकम प्रहरी हवल्दार यादव र प्रहरी जवान रमलाल राजबंशीलाई बुझाउने समेत गरेका छन् ।

समाचार प्रभाव ! खबर बाहिरिएको भोलिपल्टै अपराधी पक्राउ
१. अघिल्लो बर्षको फागुन २६ गते रातीको समयमा सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ४ नहमियाँ टोलका अन्दाजी बर्ष ३० को एक महिलालाई (सन्त) भन्ने बाबा सुगनारायण दासले यौन शोषण गरेका थिए ।

घट्ना लगत्तै गाउँलेले आरोपितलाई नियन्त्रणमा लिइ नजीकैको प्रहरीलाई बुझाए र उक्त समयमा आरोपित भनिएका दासले घट्नाबारे प्रहरी समक्ष आफूले यौनशोषण गरेको भनी स्वीकार समेत गरे ।

तर, शान्तिसुरक्षाको रखवाला गर्नुपर्ने प्रहरी स्वयं अशुली धन्दामा यतिसम्म लिप्त छन् की कुरै नगरौं । आफ्नु पदिय मर्यादाको उपहास गर्दै प्रहरी निरीक्षक यादवले सो कार्यालयको जिम्मेवारी सम्हाले लगत्तै पैसाको बार्गे्निङ गर्दै अपराधीलाई उन्मुक्ति समेत दिने गरेका छन् ।

कार्यालयका प्रहरी निरीक्षक रबिभूषण प्रसाद यादवले गल्ती ढाकछोप गर्दै रकम लेनदेनमा उन्मुक्ति दिएको थियो । लगत्तै हामीले साउन २१ गते समाचार प्रकाशित गरेर उनको अशुली धन्दाको बिषयमा छताछुल्ल पारिदिएपछि कार्वाही बिना नै छाडिएका सन्त अन्त स् साउन २३ गते पुनः आफ्नै घरबाट नियन्त्रणमा परेका छन् ।

२. २०७४ चैत २८ गते रातीको अन्दाजी २०÷३० बजेको समयमा सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ३ स्थित फुलवारीया मुसहरीया टोलस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ गइरहेको (माटो लोड गरेको) स.१. त २३४७ नम्बरको ट्याक्टरले ऐ.ऐ. ३ बस्ने राम दयाल यादवको छोरी अन्दाजी बर्ष ७ को करीमा कुमारी यादवलाई बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिई घट्नास्थलमै मृत्यु भएको र चालक फरार भएको र सो क्रममा सिमा प्रहरी चौकी झाजपट्टीले ईलाका प्रहरी कार्यालय महेशपुरपतारका कार्यालय प्रमुख प्रहरी निरीक्षक यादवलाई सवारी नियन्त्रणमा लिएर बुझाएको अवस्थामा समेत उनै प्रहरी निरीक्षक यादवले पदिय मर्यादाको उपहास गर्दै प्रहरी हवल्दार महेश यादव (जो हाल आफ्नु दरबन्दी सर्लाहीमा) पुगेका छन् ।

उनको सहयोगमा मुद्दा दर्ता नै नगरी मोटो रकम बार्गे्निङमा गाउँघर टोल र छरछिमेक सहित पीडितलाई समेत दबाबमा एवं दमन गरेर जवरजस्ती मिलापत्र गरेको भन्ने खबर प्रकाशित गरेपछि उक्त ट्याक्टर चालक अन्त स् साउन २३ गते नै घरबाटै प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडि बढाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार निज ट्याक्टर चालक लगायत दुबै घट्नाका आरोपित अहिले प्रहरी नियन्त्रणमा आएका छन् । उनीहरु घट्ना घटेको चार महिना पछि आफ्नै घरबाट पक्राउ परेका हुन् । आफू फस्ने पक्कापक्की भएपछि प्रहरी निरीक्षक यादवले उनीहरुलाई पक्राउ गर्न प्रहरी पठाइएको थियो ।

प्रहरी मुख्यालयलाई गुम्राहमा राख्ने उद्देश्यका साथ प्रहरी निरीक्षक यादवले ती दुबै घट्नामा संलग्न मानिसहरु फरार रहेको भनी जतिसुकै दाबी गरेपनि घट्ना उनले भने जस्तो थिएन ।

तर, कानुनको रखवाला गर्नुपर्ने उनै प्रहरी घुसमा यतिसम्म लिप्त छन् की विभिन्न घट्नामा संंलग्न मानिस पक्राउ गर्नुको सट्टा जति हुन्छ पैसामा बार्गे्निङ गर्न अग्रसर देखिन्छन् । जुन महेशपुरपत्तार प्रहरीको हकमा लागू भइसकेको छ ।

प्रहरीलाई समेत छाड्दैनन् प्रहरी निरीक्षक यादव
उता, आफ्नै प्रहरी कर्मचारीलाई समेत प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवले नछाड्ने गरेको समेत भेटिएको छ ।

उहीँ समयमा संघीय प्रहरी इकाई कार्यालय राजबिराजमा हुँदा समेत जिल्लाका विभिन्न घुमुवाहरुलाई बोलाइ रक्सी, काजु किन्न लगाइ पाँच हजार रुपैयाँसम्म खर्च गराइ पठाउने गरेको समेत अर्को रहस्य सार्वजनिक भएको छ ।

मातहत इन्चार्जको एसपीले लिए सात्तो
यता, समाचार प्रकाशित भएलगत्तै एसपी जीवन श्रेष्ठले मातहतको प्रहरी अधिकृतको सात्तो लिएका छन् । उनले आर्थिक धन्दामा नमुछिन मातहतका प्रहरी अधिकृतलाई कडा बिफ्रीङ्ग समेत गरेका छन् ।

प्रहरीको छवि बिगार्ने नभइ मनोबल बढाउने कार्य गर्न मातहतका इन्चार्जलाई निर्देशन दिइएको समेत छ । कानुनको रखवाला गर्नुपर्ने स्वयं प्रहरी अशुली काण्डमा बारम्बार मुछिदा यस्ले समाजमा सकारात्मक सन्देश नदिने उहाँको भनाइ थियो ।

सो, क्रममा एसपी श्रेष्ठले प्रहरी निरीक्षक यादव तर्फ इशारा गर्दै अनुचित लाभ लिएको प्रमाण भेटिए मुख्यालयमा कार्वाहीको सिफारिस लेखी पठाउने चेतावनी समेत दिएका थिए । उनले महेशपुरपत्तारीमा कति उजुरी दर्ता भयो र कति फछ्र्यौट भयो भनी प्रहरी निरीक्षक यादवलाई प्रश्न समेत राखेका थिए ।

तुरुन्तै छानबिन गर स् गृह
यसैबीच, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरी अशुली धन्दामा सक्रिय भएको भन्ने बिषयक प्राप्त गुनासो उपर आवश्यक छानबिन गरेर तत्कालै कार्वाही प्रक्रियालाई अगाडि बढाउन यस कार्यालयलाइ जानकारी दिन यो दोस्रो पटक जिल्ला प्रहरी कार्यालय सिरहा र दुई नम्बर प्रदेश प्रहरी कार्यालयको नाममा पत्र काटिएको छ । उक्त पत्रमा कडाइका साथ छानबिन गर्न निर्देशन समेत दिइएको स्रोतले बताएको छ ।

कार्वाहीको लागी गृहमन्त्री समक्ष कुरो पुग्यो
यसैबीच, ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवको कर्तुतका बिषयमा सोमबार पुनः सम्मानित गृहमन्त्रालय र प्रहरी मुख्यालयमा उनी देखी आजित एक स्थानीयले उजुरी टिपाएका छन् ।

उक्त उजुरीमा कार्यालय प्रमुख रबि भूषण प्रसाद यादव सहित कार्यालयका प्रहरी हवल्दार रघुनन्द यादव र प्रहरी जवान रमलाल राजवंशी र मुद्दा फाटमा कार्यारर्त प्रहरी हवल्दार महेश यादव (जो हाल आफ्नु दरबन्दी सर्लाही) पुगेका छन् ।

उनीहरुलाई छानबिनका लागि मुख्यालय नै तान्नुपर्ने उल्लेख गरिएको छ । उक्त उजुरीमा भनिएको छ स् घुस नखाई काम नै नगर्ने, डर त्रास देखाइ पैसा उठाउने, तस्करीका लाइन खुलाउने, मुद्दा दर्ता नगरी अपराधी भगाउने लगायत आरोप लागिएको छ ।

समाचार लेखेकै आधारमा पत्रकार थापालाई खोज्न प्रहरी पठाए
ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीका कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवले गरेको कालाकर्तुतको बिषयमा पर्दाफास गरेपछि फस्न सक्ने भन्दै निजले प्रनिश थापा भन्ने को हो पत्ता लगाएर त्यसलाई समातेर ल्याउ भनी कार्यालयकै घुमुवा प्रहरी हवल्दार रघुनन्द यादव र प्रहरी जवान रमलाल राजंबशीलाई खोज्न पठाएका छन् । समाचार लेखेकै आधारमा अपराधी जस्तो ब्याबहार गर्दै उनले प्रहरी लगाएर खोज्न पठाएका हुन् ।

उनको कमजोर कमान्डरका कारण स्वयंम समेत घुस भनेपछि मरिहत्ते गर्ने भएकोले सो, मातहतको शान्तिसुरक्षामा यतिबेला नकारात्मक असर देखिएको छ ।

पत्रकार देखि नेता कार्यकर्तासम्म फोन गुमाउदै प्रहरी निरीक्षक यादव
निजको कालाकर्तुतको बिषयमा हामीले पर्दाफास गरेपछि प्रहरी निरीक्षक यादवलाई झन्डै एक महिनादेखि निन्द्रा नै लागेको छैनन् । स्रोतका अनुसार उनले जिल्लामा रहेका विभिन्न ब्यक्तिहरुलाई फोन गर्दै पत्रकार प्रनिश थापालाई चिन्नुहुन्छ भनी प्रश्न समेत राख्ने गरेका छन् ।

प्रहरी निरीक्षक यादवले खबर सम्प्रेषण भएपछि सिरहाको लहान स्थित अन्नपूर्ण पोस्टका पत्रकार, पुर्वाञ्चल एक्सप्रेसका पत्रकार , नेपाल पत्रकार महासंघ सिरहा जिल्लाका सभापति साथै नेपाली कांग्रेस निकटका कार्यकर्तालाई टेलिफोन गर्न लगाउने गरेका छन् ।

प्रहरीको काम मिडियाबाजी गर्ने पक्कै होइनन् तर उनी मिडियाबाजी गर्दै हिंडेका छन् । यद्यपि, निजलाई कसैले कार्वाही भने गर्न सकेको छैनन् । यस्को अलावा उनले स्थानीयलाई समेत पत्रकार थापालाई चिन्नुहुन्छ भन्दै अनावश्यक दुःख दिने, डर त्रास देखाउने सम्म हर्कत गर्ने गरेको स्रोतले बताएको छ ।