मुलुकी संहिता संशोधन हुनुपर्नेमा देउवाको जोड
चितवन, १८ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लागू भएको मुलुकी संहिता संशोधन गर्नुपर्ने मा जोड दिएका छन् ।
पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकी संहिताको धेरै धाराको विषयमा बिरोध भइरहेकाले यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । आज सोमबार चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले देशव्यापी गरिरहेको आन्दोलनमा काँग्रेसको सर्मथन गरेको समेत जानकारी दिएका छन् । चिकित्सकहरुका जायज माग सम्बोधन हुनुपर्ने भन्दै देउवाले मुलुकी संहिता सबैको छलफल बाट नै ल्याएको भएपनि अहिले बिरोध सिर्जना भएकोले समय अनुकुल संशोधन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।
सरकारका पछिल्ला गतिविधि सहि ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको भनाइ छ ।
मुलुकमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति दुख व्यक्त गर्दै देउवाले दोषीको पहिचान गरि कारवाही गर्न सरकार असफल भएको टिप्पणी गरे ।