लाखौं मुल्य बराबरको भन्सार छली ट्रक सहित कपडा बरामद ।

चितवन , १८ भाद्र । चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाइ आइतबार भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना। ३। ख। ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार १२ लाख ९८ हजारको न्यून बिजीकरणमा देखिएको उक्त कपडाको मात्रा हेर्दा र त्यसको बजार मुल्यलाई हेर्दा त्यसको १० गुणा हुन आउने बताए । ’ नियन्त्रणमा लिइएको उक्त ट्रकमा लोड गरिएको कपडाहरु राजधानीका विभिन्न पसलहरुको नाममा ल्याइएको फेला पारेका छौँ । उनले भने, हामीले बरामद गरिएको ट्रकसहितका समान पुनः भन्सार चलान गर्ने तयारी गरेका छौं । भन्सार छली समान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ । यता , जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जिल्ला भएर राजधानी र राजधानी भएर चितवन हुँदै अन्यत्र ठाउँ जान चितवन मुख्य राजमार्ग भएकोले चाडपर्वका बेलामा हुन सक्ने भन्सार छली , चोरी पैठारी र कालोबजारी एवं ठगी जस्ता घट्ना चितवन प्रहरी आक्रमक भइ लागिपरेको समेत बताए । साथै, उनले यस्को लागी एउटा छुट्टै प्रहरी टोली नै खडा गरेर शान्तिसुरक्षाको सुब्याबस्था एवम् अमनचैंन स्थापना गर्न मातहतका सबै युनिटलाइ निर्देशन समेत दिइसकेको बताए ।