तिजमा भड्किला कार्यक्रम नगर्न प्रशासनको अपिल

भड्किलो तामझाम, तडक भडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे,गराएमा कार्वाही गर्ने चेतावनी ।

चितवन , १८ भाद्र । नजिकिदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भड्किला कार्यक्रमको आयोजना नगर्न सबैलाइ आग्रह गरेको छ । प्रशासनले विज्ञप्ती जारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला तथा भड्किला कार्यक्रम संचालन नगर्न र नगराउन सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्धारा हस्तारिक्षत सूचनामा ऐन नियम विपरीत हुने गरी कोही कसैले अनावश्यक रूपमा भड्किलो तामझाम, तडक भडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरेर गराएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिईएको छ ।