शिक्षा आयोग बनाउन माग गर्दै शिक्षक महासंघको लाल्टिन जूलूस
चितवन, १६ भदौँ । संवैधानिक शिक्षा आयोग बनाउन माग गर्दै नेपाल शिक्षक महासंघ चितवनले शुक्रबार साँझ यहाँ लाल्टिन जूलूस निकालेको छ । भरतपुरको चौविसकोठीबाट निस्केको उक्त जुलुस जिल्ला शिक्षा समन्य ईकाई, जिल्ला प्रशासन कार्यालय चितवन हुँदै फेरी चौविसकोठी आएर टुंगिएको थियो ।शिक्षक महासंघले शिक्षालाई संघिय सरकारको माताहतमा राख्नुपर्ने माग सहित २६ बुदेँ ऐजेन्डा बनाएर आन्दोलन थालेको हो । कार्यक्रममा बोल्दै शिक्षक महासंघ चितवनका अध्यक्ष कमल घिमिरेले संस्थागत विद्यालयमा कार्यरत शिक्षक हरुको नियुक्ति, सेवा पारदर्शी गराई सामुदायीक विद्यालयका शिक्षक सरह सुविधा दिनुपर्ने बताएका थिए ।