नीजि बिद्यालय सरकारी बिद्यालयमा गाभियो
महोत्तरी/महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ ।
स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो । साउन ०८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको छ ।
शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समायोजन कार्यक्रममलाई सम्बोधन गर्नुहुँदैं सरकारी र नीजि स्कुल बिचको एउटा ठुलो खाडल मुख्य समस्या रहेको बताउनुभयो । नीजि स्कुलको पढाई राम्रो छ भन्ने आम मानिसमा परेको छ, मन्त्री पोखरेलले भन्नुभयो ः सार्वजानिक शिक्षा कमजोर भएको र सरकारी स्कुल अथवा सामुदायिक स्कुलको पढाई कमजोर भएको कुराले मलाई एकदमैं धेरैं पिडा भएको छ । नेपालको शिक्षाको कोणबाट हेर्दा शहर र गाँउ बिचको एकदमैं ठुलो अन्तर अर्को समस्या हो उहाँले भन्नुभयो ः सबैंका लागि शिक्षा भन्ने नारा दिएको धेरैं बर्ष भयो । शहरमा जुन शिक्षा एउटा नागरिकले पाउँछ त्यही शिक्षा गाँउका नागरिकले पाउन सकेको छैंन । मन्त्री पोखरेलले हुनेखाने हरु र नहुने बिचको खाडल पनि शिक्षाको अर्को समस्या भएको भन्दैं देशका सबैं ठाँउमा सबै आम जनताले एकै खालको शिक्षा पाउन नसकेको बताउनुभयो ।
हामी शिक्षा अधिकारका लागि लडेका मान्छे, हामी समानताको लागि लडेका मान्छे, हामी जनवादी शिक्षाका लागि लडेका मान्छे, हामी समाजवाद तिर लैंजाने शिक्षाको लागि लडेका मान्छे मन्त्री पोखरेलले भन्नुभयो ः अहिले यो नेतृत्वमा बसेर यो समस्यालाई हेरिरहँदा र यस्लाई समाधान गर्ने दिशामा पहल गरिरहँदा यि सामान्य खालका समस्या छैंनन्, ठुला ठुला पहाडजस्ता समस्या छन् । हामी यो समस्यालाई समाधान गर्न नीति, ऐन नियम कानुन र संरचनाहरु बनाउने प्रक्रियामा छौं ।
मन्त्री पोखरेलले यो बर्ष शिक्षाको एउटा दिशाबोध गर्ने परिवर्तनको नयाँ यात्रा तर्फ अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ः शिक्षाको समस्या महाभारत छन् । समाधान गर्न निरन्तर लागिरहेका छौं । बर्दिबासको हात्तिलेटमा एउटा नीजि र अर्को सामुदायिक दुई वटा स्कुल मिलाएर नयाँ ढंगले लाने अभियान शुरु हुनु सुखद कुरा भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भन्नुभयोः यो प्रगशिल कुरा हो । सकारात्मक कुरा हो । नीजि र सरकारी बिद्यालय समायोजन के कसरी गर्ने भन्ने कुरा केन्द्र सरकारले ठोस कार्य योजना नबनाएको भएपनि यो अनिवार्य आवश्यकता भईसकेको उहाँले बताउनुभयो । तिन पि अर्थात पब्लिक, प्राईभेट पाट्नरसिप मोडेल छ । मन्त्री पोखरेलले भन्नुभयो ः यो एउटा साभेदारीको मोडेलका बारेमा नयाँ ढंगले निर्णय गर्नुपर्छ । नीजि बिद्यालय सरकारीमा गाभिए पछी अब कसरी अघि बढ्छौ रु मन्त्री पोखरेलले प्रश्न गर्नुभयो ः पहिले भन्दा झनैं दुरअवस्थामा पुग्छौं कि उत्कृष्ट बनाउछौं रु नेपालको शिक्षा प्रणाली बेरोजगार निम्ताउने प्रणाली मात्रैं भएको बताउँदैं मन्त्री पोखरेलले प्राविधिक शिक्षामा जोड दिएर शिक्षालाई रोजगारी संग जोड्नु पर्ने बताउनुभयो ।
समायोजन भएको बिद्यालयमा ६ जना सरकारी र ६ जना नीजि बिद्यायका शिक्षक छन् । ५ कक्षासम्म अध्ययन हुने बिद्यालयमा नीजिका ११४ र सरकारीका ५७ जना गरी १७१ जना बिद्यार्थी अध्ययनरत छन् ।