सामूहिक बलात्कारको घटनामा संलग्नताको आशंकामा भरतपुर र माडीबाट सात पक्राउ
चितवन ÷चितवनको भरतपुर र माडीमा भएको सामूहिक बलात्कारका छुट्टाछुट्टै घटनामा संलग्न भएको आशंकामा चितवन प्रहरीले आज ७ जना युवालाई पक्राउ गरेको छ ।
गत् साउन ३० गते राति भरतपुर– ११ की १७ वर्षीया बालिकामाथि सामूहिक बलत्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर वडा नं.२९ बस्ने वर्ष ३५ को अर्जुन विक, नवलपुरको गैँडाकोट नगरपालिका वडा नं.४ बस्ने वर्ष २१ को युवराज सारुमगर, गैँडाकोटकै वडा नं.२ बस्ने १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नं.११ बस्ने वर्ष २० को आकाश थापा र अर्का एक १७ वर्षीय बालक रहेका छन् ।
१७ वर्षीय बालकसँग सामान्य चिनजान भएको पीडित बालिकालाई दिउँसो नारायणगढ पुलचोक पु¥याइ दिने भनी बालक सहचालक र आकाश थापा चालक भएको म्याजिक गाडीमा राखेर दिनभर गाडीमा राखेर लगिएको थियो । रातको समयमा भरतपुर महानगरपालिका–११ स्थित डीएसएम मिनरल वाटर कम्पनीमा पु¥याई सामूहिक रुपमा जबरजस्ती करणी गरेको पीडितले दिएको दरखास्तमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरी १५ वर्षीय बालिकालाई माडीमा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका वडा नं.३ बस्ने वर्ष २३ को रामप्रताप महतो र सोही ठाउँ बस्ने वर्ष २४ को नवराज महतो रहेका छन् । पीडित बालिका र उनको साथी सँगै पैदल हिडेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका ती युवाले घर पु¥याइ दिने बहानामा साथीसँग छुटाई एकान्त स्थानमा लगेर दुवैले पालैपालो जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।