शंकास्पद गतिविधिमा संलग्न एक दर्जन चितवन प्रहरीको नियन्त्रणमा ।

चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा समेत परेको छ । आफ्ना पार्टी प्रबक्ता खड्क बहादुर बिश्वकर्मालाइ गैरन्यायिक ढंगले हिरासतमा राखेको भन्दै घोषित एक दिने नेपाल बन्दका क्रममा उच्छृङ्खल गतिविधि देखाउने एक दर्जनभन्दा बढी शंकास्पद ब्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख शुशिल सिंह राठौरका अनुसार सोमवार राती १२ बजेदेखी मंगलबार विहान ४ बजे सम्मको चार घण्टाको अवधिमा शंकास्पद गतिविधि गर्ने एक दर्जनभन्दा बढीलाई जिल्लाको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएको जनाएको हो । एसपी राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ परेकाहरुको साथबाट प्रहरीले ढुङ्गा, लाइट सहित समातिएको र निजहरूउपर आवश्यक अनुसन्धान भइरहेकाले थप बोल्न नमिल्ने बताउनुभयो । एसपी राठौरले थप्नुभयो स् बन्दको पुर्व सन्ध्यमा हामीले थप अप्रिय घटना हुन नदिन सुरक्षा चेकजाँचलाई कडा पारेका छौँ । उहाँका अनुसार जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरि कडाइका साथ चेकजाँचका साथै बन्दकर्ता माथि निगरानी गर्न समेत मातहतलाई निर्देशन दिएको उहाँको भनाइ थियो ।

शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज ।
यता , भरतपुर रिजाल चोकमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले दिनुभएको जानकारी अनुसार बिहान ९ः ३० बजे भेटिको उक्त शंकास्पद बस्तुलाई दुई घण्टा पछि डिस्पोज गरिएको हो । थर्मसको बट्टामा भेटिएको शंकास्पद वस्तु बम नभएर सामान्य विस्फोटक वस्तुमात्र भएको सेनाले जनाएको छ । शंकास्पद बस्तु देखापरेपछि उक्त स्थानमा केहीबेर यातायातका साधन ठप्प हुन पुगेको थियो भने स्थानीय समेत त्रसित बन्न पुगेका थिए । अहिले उक्त स्थानको जनजीवन सामान्यतर्फ उन्मुख भैरहेको एसपी राठौरले बताउनुभयो ।