सिक्न जहाँ जानुस, गर्न र मर्न नेपालमा नैं आउनुस : मन्त्री पोखरेल
काठमाण्डौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो ः सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं आउनुस ।
उहाँले भन्नुभयो ः हाम्रो देश गरिब छैंन, हरेक दृष्टिकोणले हामी नेपालीहरु धनी छौं । हाम्रो पृष्ठभूमिलाई हेर्ने हो भने हामीले चिन, कोरियालाई अन्नहरु बेच्ने गथ्र्यौं । आज हामीले खाने चामल विदेशबाट मगाउनुपर्ने अवस्था छ ।
नेपाललाई सानो देख्नु गलत भएको बताउदैं मन्त्री पोखरेलले भन्नुभयो ः हाम्रो देश सानो होईन, छिमेकी देशहरु ठुला हुन् ।
हरेक बर्ष अध्ययन लागी भन्दैं हजारौं शिक्षित युवाहरु विदेश जाने र उतैं बस्नु दुखद् रहेको बताउँदैं नेपालमा नैं केही गरेर देखाउन मन्त्री पोखरेलले आग्रह गर्नुभयो । शिक्षाको विकासको लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउदैं उहाँले गुणस्तरीय शिक्षाको लागि कुनैं सम्झौंता नहुने बताउनुभयो । शिक्षामा विभेदीकरण हुनुहुँदैन मन्त्री पोखरेलले भन्नुभयो ः शिक्षा सेवाभावले सञ्चालन गर्नुपर्दछ । राष्ट्रको विकासको लागि शिक्षा अपरिहार्य छ ।
मन्त्री पोखरेलले सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको बताउनुभयो । शिक्षामा भएका खाडलहरु नपुरे समृद्ध मुलक नबन्ने भन्दै उहाँले माध्यमिक तहसम्मको उत्पादनलाई प्रविधि र सीपयुक्त बनाउन आफु लागिरहेको स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलले प्राविधिक धारको विकासका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर काम गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा शिक्षालय मासिकले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा पुरस्कार अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम शिक्षालय मासिकका प्रकाशक÷सम्पादक श्याम तण्डुकारको अध्यक्षतामा सम्पन्न भएको हो ।