ठूलो परिणामको लागूऔषध सहित पाँच जना चितवन प्रहरीको नियन्त्रणमा ।
, चितवन , २६ साउन । चितवनमा प्रहरीले सुरु गरेको अप्रेसनले सफलताको शिखर चुम्दै गएको छ । जिल्लामा नेतृत्व सम्हाले लगत्तै चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले सुरु गर्नुभएको विशेष अप्रेसन अन्तर्गत प्रहरीको टोलीले ठूलो परिणामको लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोट संँग समन्वय गरेका जिल्ला प्रहरी कार्यालय चितवनले वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको विशेष टोलीले साउन २२ गते दिउँसोको चार बजे पक्राउ गरेको हो । शंकास्पद आधारमा रहेका उनीहरुलाई ना २४ प ११०० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ३ स्थित न्यूरोडबाट लागू औषध कारोवारमा संलग्न नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वर्डा नम्बर एक बस्ने बर्ष २४ को किरण जिसी र भरतपुर महानगरपालिका ३ बस्ने बर्ष २४ को बुद्धि गुरुङ , भरतपुर महानगरपालिका ७ कृष्णपुर बस्ने बर्ष २१ का लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने बर्ष २६ का सलिम मियाँ र खैरहनी नगरपालिका १ ज्यामिरे बस्ने बर्ष १९ का अमृत आचार्य छन् । ती मध्य लालकृष्ण , सलिम र अमृतलाई प्रहरीले २६ गते पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले १ सय १५ एम्पुल डाइजेपाम, १ सय १५ एम्पुल ब्युप्रिनर्फिन, १ सय १५ एम्पुल फेनारगन, १५ सय ४५ ट्यावलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन , ११ बोतल फेन्सिडिल र ४ बोतल वाइरफसेरफ बरामद गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुशील सिंह राठौरले जानकारी दिनुुुभयो ।पक्राउ परेका सबैलाई साउन २३ गते नै लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रियालाइ अघि वढाइएको समेत एसपी राठौरले बताउनुभयो । आवश्यक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले भारत बाट लागुऔषध ल्याइ चितवनमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले नियन्त्रणतर्फ सबैले भुमिका खेल्नुपर्नेमा समेत औंलाउनुभयो । पछिल्लो समय चितवनमा लागूऔषध कारोवारीहरु सक्रिय छन् , यो ट्रान्जिट प्वाइन्ट नै बनेको छ । जुन चितवन प्रहरीलाई चुनौती हो । एसपी राठौरले भन्नुभयो स् हामीले यस अघि पनि कयौंपटक ठुलो मात्रामा नै लागूऔषध सहित विभिन्न मानिसहरूलाई पक्राउ गरेका थियौँ । यसबाहेक प्रहरीले नियन्त्रणमा लिन बिशेष अभियान समेत संचालन गर्दै आएको थियो । तर, पनि लागू औषध नियन्त्रणमा आएको छैनन् । यसबाट पर्न सक्ने असर र हुन सक्ने बेफाइदा बारे हामीले बिद्यालय देखी गाउँगाउँसम्म पुगेर सचेतना फैलाएका छौँ । यताकता, केही ब्यक्तिले लागूऔषध ओसारपसारमा संलग्न रहदा प्रहरीलाई चुनौती थपिएको छ । एसपी राठौरले भन्नुभयो , यी र यस्ता घट्ना भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्नुस् मैले बारम्बार सबैलाई अनुरोध गर्दै आएको छु र लागू औषध नियन्त्रणमा लिइ समाजलाई स्वच्छ बनाउने तर्फ प्रहरी सित हातेमालो गर्नुहोस् भनी जिल्लाबासी समक्ष अपिल समेत गरेको छु । उहाँले भन्नुभयो स् सूचना दिए प्रहरी कठोर रूपमा उत्रिन्छ र उत्रिएको पनि छ । प्रहरीले हात बाँधेर बसेको छैनन् ।