यूराशिया रेयूकाई समाजको रक्तदान कार्यक्रम सम्पन्न
चितवन/ यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढले आज शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यूराशिया रेयूकाईको आयोजनामा राष्ट्रव्यापी रुपमा १४ स्थानमा एकैदिन बृहद रक्तदान कार्यक्रमको आयोजना अन्र्तगत नारायणगढमा रक्तदान गरिएको हो ।
यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढको परिसरमा सम्पन्न भएको खुल्ला रक्तदान कार्यक्रमको एक कार्यक्रमका वीच नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रक्तदाताहरुलाई रक्तव्याग हस्तान्तरण गरी समुद्घाटन गरेका थिए । प्रमुख अतिथि जिल्ला सभापति न्यौपानेले चितवन जिल्लामा हालका दिनहरुमा रगतको माग दिनानुदिन बढदै गईरहेकोले जिल्ला भित्रका सामाजिक संघ संस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । भरतपुर महानगरपालिका वडा नं १ का महिला वार्ड सदस्य गंगा पोखरेलले मानव जिवनलाई बचाउने रक्तदान कार्य गर्नु ठूलो धर्म भएको बताउ“दै कार्यक्रम सफलताको शुभकामना दिएकी थिईन । शिवुचो कमलराज क“डेलले स्वागत मन्तव्य व्यक्त गरेको सो उद्घाटन कार्यक्रममा प्रार्थना प्रमुख शिवुचो सीता गौतम र उद्घोषक स्पाउस शिवुचो निस्ता पोखरेल रहेका थिए ।
उद्घाटन कार्यक्रम यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढका व्यबस्थापन समिति अध्यक्ष शिवुचो बेदबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो । समुद्घाटन समारोह पश्चात शुरु भएको रक्तदान कार्यक्रममा २३ जना पुरुष र ११ जना महिला गरी जम्मा ३४ जनाले रक्तदान गरेका थिए ।