रिक्सा मजदुरलाई सत्ताले गोली हानेको त्यो दिन

बिगत लाई नसम्झु भन्दा पनि कुनै घटनाहरु यस्ता हुन्छन जसलाइ बिर्सन निकै हम्मेहम्मे पर्छ म आज तपाईंहरुलाइ त्यही घटनाको बारेमा पीडा पोख्दैछु कतिपय पिडाहरु साथिहरुलाइ सेयर गर्दा मन हल्का हुन्छ भन्ने मेरो मान्यता छ १

ठमेलको एउटा राम्रै चलेको रेस्टुरेन्टमा काम गर्ने एउटा साधरण मजदुर त्यसमाथी पनि राती अबेरसम्म काम गर्न पर्ने हुदा पुर्बबाट रक्तीम लाली छर्दै कलिलो घामको किरण बिस्तारामा परेपछी उठे , अघिल्लो दिन कर्मको डोरो समातेर बिहानै देखि श्रममा निस्किएर राती अबेरसम्म काम गर्न पर्ने हुदा म धेरै जसो रातको ११ बजेतिर श्रम बेचेर थकित ज्यान लतार्दै रातभर जसो नै जागै बस्ने उज्यालो वा भनौ रङ्गिन शहर ठमेलबाट कुकुरको भुकाइ लखेटाइ अनि चोरको बिगबिगी सबैबाट मन ढक्क फुलाउदै रातमा सुनसान देखिने शहर नयाँबजार मा त्यस्तै साढे ११ बजेतीर आइपुग्छु जहा म बिगत १० बर्स देखि डेरा गरि बस्दै आएको छु राती ढिला गरि सुत्ने हुदा बिहान अबेरसम्म सुत्नु मेरो बाध्यता छ यो बाध्यता मेरो मात्रै पनि हैन मसङ्गै मजस्तै पेशा ब्याबसायमा काम गर्ने पर्यटकीय नगरी ठमेलमा काम गर्ने धेरै साथिहरुको छ १
यहि साउन ९ गते बुधबारको कुरा हो त्यो दिन बिहानैदेखी टाउको भारी भैरहेको थियो शारीरमा काडा फुलेजस्तो जुरुङ्ग जुरुङ्ग भैरहेको थियो शरीरमा केही नमिलेजस्तो कता के के भैरहदा रहदैपनी सदाझै बिहानको ठिक ९ बजे मजदुरी गर्न काम तिर हिडे तर मैले त्यो दिन पुरै काम गर्न सकिन ठिक दिउसोको ४ बजे तिर कामबाट फर्किए
मजस्ता कयौ मजदुरहरु जो दिनैभरी मरीमरी काम नगरे बेलुका आफ्नो परीवार पाल्न निकै धौ धौ मात्रै कहाँ हो र भोकै बस्नुपर्ने हुन्छ हरेक दिन कामबाट घर फर्कदा निराशाका केहि पोकाहरु , थोरै आसा अनि दर्जनौं सपना बोकेर फर्किन्छन म पनि शरीरमा केही समस्या भएको हुदा लखतरान ज्यान, थकित मन,अनि थकाइ मेट्नको लागि आराम को प्रतिक्षारत रहेको उमेरले लगभग ३० कटनै लागेको युवा अबस्थाको जोशिलो शरीर लतार्दै कोठामा पुगे , जतिनै शरीरमा असन्चो , थकाइ पीडा वा खुशी वा दुखी किन नहोस कोठामा पुगेपछी आराम गर्नु अघि केही बेर मात्रै किन नहोस मलाइ टेलीभिजनमा समाचार हेर्नैपर्ने ,सामाजिक सन्जाल फेसबुक र ट्विटर निरीक्षाण गर्नै पर्ने , अनि समाचार हेरेपछी आफ्नो धारणा बनाउने अनि पत्रपत्रिकामा आफ्नो मनमा लागेका शब्दहरु पाठक टिप्पणी लेख्ने सामाजिक सन्जालमा स्टाटस लेख्ने मेरो लत छ १ सबै जसो पत्रपत्रिकामा गरेर अहिलेसम्म एक बर्समा मात्रै २०० भन्दा माथी पाठ टीपण्णी लेखे होला अन्लाईनहरुमा त कति लेखे मलाई याद छैन सायद १०० कटे कि १ लेख्दै जाने क्र्ममा भुमिका धेरै बाधियो जस्तो लाग्यो मैले लेख्न लागेको बिसयमा आउदै छु है ,
बुधबार बेलुका ६ बजेतीर थकित , र शरीरमा अस्वस्थताले गाज्दै गरेको शरीर लियर बिस्तारामा लडेर सामाजिक सन्जाल चलाउदै थिए अकस्मात मैले एउटा दर्दानाक दृश्य देखे जुन दृश्य देखेप्छी म अवाक भए मैले लेख्न लागेका शब्द हरु शोकधुनमा शोक मनाइरहेको जस्तो लाग्यो
अनि लामो श्वास सङ्गै ओठको बिचबाट सुस्केरा निक्लीयो मेरै आडमा भाडा कुटी खेलीरहेकी मेरी तीन बर्से छोरिलाइ तल देखि माथिसम्म हेरे एक मुठा साग भान्सामा काटीरहेकी श्रीमतीलाइ हेरे उनिहरु आआफ्नो काममा रमाइनै रहेका थिए तर म भने सामाजिक सन्जालमा देखिएको एउटा दृश्य
जहा प्रहरीको गोली लागी घाईते भएका नवलपुर गैंडाकोट ४ का ३० वर्षीय महेन्द्र सुनारको थियो उनिलाइ दुइजना मजदुरहरुले उचालेका थिए जसको खुट्टामा गोलीले ठूलो प्वाल पारेको थियो रगत खोलाझै खुट्टाबाट बगिरहेको प्रस्ठै देखिन्थ्यो १ भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीनपांग्रे सवारी चलाउन प्रतिबन्ध लगाएपछि आन्दोलित भएका अटो रिक्सा चालकलाई गोली हानेको दृश्य थियो त्यो , सामाजिक सन्जाल र अन्य ठाउमा प्रत्यक्षदर्शी बनेर मैले यहाँ भन्दा अगाडि पनि यस्तो दृश्य नदेखेको भने होइन अनि आफ्नो अधिकारको माग गर्दा कम्युनिस्ट सरकारको प्रहरी प्रशासनबाट गोली खाएर खुट्टा गुमाउने अबस्थामा पुगेका ती मजदुरसङ्ग मेरो चिनजान पनि छैन उनिसङ्ग मेरो एउटा भाबनात्मक सम्बन्ध भने छ उनी पनि मजदुर म पनि मजदुर मैले पनि दिनभर रेस्टुरेन्टमा भाडा माझीन भने अनि गेस्टले खाएको भाडा उठाइन भने मेरो र मेरो परीवारको पेट पालीदैन बाच्न को लागि मैले जति संघर्स गर्नुपर्छ उनिले पनि , अनि दिनैभरी रिक्सा चलाएनान भने उनका परीवार भोकै रहन्छन हामी सगर्ब अर्काको मजदुरी गरि खाने मजदुर हौ हो हाम्रो नाता यही हो , एउटा मजदुरको भरमा उसको परीवार पालीयको हुन्छ्न छोराछोरीलाई पढाएको हुन्छन जब उहीँ गरीखाने मजदुरको खुट्टा नै राज्यले गोली हानेर उडाइदीन्छ वा भनौ घाइते बनाइदीन्छ भने अनि मलाइ र मजस्ता मजदुरलाइ किन नपोलोस त यस्ता दृश्यले १ मलाई अहिले कक्षा आठमा पढदा सामाजिक पढाउने दिपक सरले भनेको कुरा याद आउँछ उहाँ भन्नुहुन्थ्यो
ू देशमा नागरिकको मौलिक अधिकार भनेकै जीवन, स्वतन्त्रता, संमृद्धि, सुरक्षा र आत्मसम्मान हुन्। हरेक देशको
नागरिकले राज्यबाट सुरक्षा चाहेको हुन्छ नागरिकलाई राजनीतिक सुरक्षा र अधिकार मात्र पर्याप्त हुँदैनन् । शरीरको सुरक्षा नै नागरिकको पहिलो प्राथमिकता हुनुपर्छ
जबसम्म राज्य नागरिकप्रतीको दायित्वप्रती जिम्मेवार हुन सक्दैन तबसम्म नागरिकको अधिकार र सुरक्षा पनि सुनिश्चितता हुन सक्दैन अभिभावकको भुमिका खेल्न पर्ने राज्यले आफ्नो दायित्वो बिर्सन मिल्दै मिल्दैन सरकारसँग असन्तुष्ट हुने माग गर्न पाउने हक हरेक नागरिकमा सुरक्षित हुन्छ शान्तिपूर्ण रुपमा धर्ना जुलुस अनसन गर्ने अधिकार सबैमा सुरक्षित रहेको हुन्छ १ यही कुरा सम्झदै मैले बिगतमा पढेका कुरा सुनेका कुरा कम्युनिस्ट राज्य सत्तामा नमिलेकोमा म दुखित हुन्छु १
आज देशमा मज़दूर को मजदूरी छैन कर्णालीका अस्पताल औसधि छैन स्कूलमा पढाइ भन्दा ज्यादा राजनीति छ युवाहरुमा रोजगार नहुदा दिनानुदिन खाडी बिदेशिने उर्जाशिल युवाहरुको लाइन छ आमा दिदिबहिनि हरु सुरक्षीत छैनन दिनानुदिन बलात्कारको घटना बढदो छ राज्य जन्ताको शिक्षा स्वास्थ र जन्ताको निर्धकक स्वतन्त्र रुपमा आफ्नो माग राख्न पाउने कुरामा अङ्कुस लगाउन तत्पर देखिन्छ यस्तो अबस्थामा जन्ताको मौलिक अधिकार माथी राज्यले गोली बर्साउदा असाहय मजदुर को आर्तनादबाट द्रवीभूत हुनु स्वभाबिक नै थियो १ मलाई यो दृश्यले राती अबेरसम्म निन्द्रै परेन जुन दृश्य हेरेर बिस्तारामा आराम गरेर पनि छटपटाइरहेको थिए बाराम्बार त्यो रात कोठाको भित्तामा झुन्डिएको नेपालको नक्सा अनि नक्सा सङ्गै रहेको कम्युनिस्ट नेताहरु माक्स लेनिन र माओको फोटाहरु र टेबलमा रहेको गए चुनाबमा कोरीयको कम्युनिस्ट घोषणापत्र हेरीरहे तभरतपुरमा भएको त्यो घटनाको बारेमा एउटा टीपण्णि पत्रीकाहरुमा लेखुकी जस्तो नलागेको भने हैन तर जन्ताप्रती जनउतरदायी हुनुपर्ने राज्यको प्रताडना मा बिबश मजदुरको त्यो हालत देखेपछि म जस्तै मजदुरलाइ राज्यले थकित र आसा बिहिन किरणको आभास दिएको वेला मेरा शब्द हरु थाके तब मन एकतमास भैरहयो मस्तिष्क पनि खाली भएको आभास भयो अनि थकित मस्तिष्क ले केही सोच्नै सकेन कलम बन्द भयो मेरा नयन हरु बन्द भए १

ऋष्अिप जभचभ तय च्भउथि, च्भउथि तय बिि, यच ँयचधबचम