अबैध तस्करी नियन्त्रण गर

सम्पादकीय

शासन फेरियो, ब्यवस्था फेरियो, सत्ता बद्लियो, सरकार फेरियो शासक, प्रशासक, प्रहरी र कर्मचारीहरु फेरिए तर पनि देशमा अझै कुनै परिवर्तन आउन सकेको छैन । नेता तथा कर्मचारीतन्त्र र प्रहरी प्रशासनका मान्छेहरुको साेंच, चिन्तन, कार्यशैली र ब्यवहार फेरिन सकेको छैन । देशभर अहिले पनि भष्ट्रचार बढि नै रहेको छ । तस्करी अझै झन बढिरहेको छ । नियन्त्रण गर्ने निकायहरु निकम्बा बन्दै गर्दा सबैतिर तस्करहरुकै बोलवाला बढ्दै गएको छ । खासगरी तराईका सिमावर्ति जिल्लाका भन्सार कार्यालय, राजस्व कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रहरी कार्यालय तथा चौकीमा कार्यरत प्रमुख तथा अन्य कर्मचारीहरुको अबैध तस्करी गर्ने गिरोहहरुसँगको उठबस साँठगाठ र हिस्सेदारीको कारण यस क्षेत्रमा तस्करी ह्वातै बढेको छ । तस्करी नियन्त्रण गर्न नियामक निकायहरु निष्काम जस्तै बन्न पुगेका छन् । रातमा मात्र होइन तस्करहरुले सेटिड्ड मिलाएर सिमाबाट दिनमै खुल्लमखुल्ला तस्करी गरिरहेका छन् ।
मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा र महोत्तरीका छोटी भन्सार तथा भन्सारहरु बाटै दैनिक लाखौ लाखको तस्करी बढिरहेको भएपनि सम्बन्धित निकायहरु किन मुक दर्शकबनि बसिरहेका छन् यो बुझिनस्कनु छ । प्रहरी प्रशासन के हेरी बसि रहेको छ ? तराईका जिल्लामा मात्र होइन चितवन मकवानपुरमा समेत नयाँ तरिकाबाट तस्करहरुले तस्करी बढाईरहेका छन् तर प्रहरी प्रशासन किन बेखबर ? प्रहरीको ३ नं. प्रदेश प्रहरीले चितवनका विभिन्न स्थानमा आई छापा मारेकै छ तर ति सबै घटनाहरु किन गुपचुप राखिएको छ ?ति कार्बाही बारे संचारमाध्यममा सार्बजनिक गर्दा कसलाई के हानी हुन्छ र ?
तसर्थ तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायहरुको काम कार्बाही र गतिविधि पारदर्शी हुनु पर्दछ । कार्बाही भईसकेका घटना सार्बजनिक गर्न प्रहरी प्रशासन किन चुक्छ ? के अबैध कारोबारी सँगैको भित्रि डिलिड्डको लागि यस्तो गरिएको हो ? हैन भने हरेक कार्बाही संचारमाध्यममा सार्बजनिक गरि अबैध कारोबारी र तस्करी नियन्त्रणमा जोड दिन सकिन्छ । जिम्बेवार निकायहरु पारर्दशीतापूर्ण तरिकाले लागि पर्नु पर्दछ । अन्यथा त्यस्ता कार्बाही पनि देखावटी नाजायज, गैर ब्यवसायिक र अबैध नै ठहर्दछ ।
अतःअबैध तस्करी नियन्त्रण गर । कार्बाहीलाई पूर्ण पारदर्शी बनाऊ ।
आजको भण्डाफोर अभियानबाट