चितवनको खैरहनीमा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु

चितवन, साउन ७(
पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका वडा नम्बर ३ का रवि विकका छोरीहरु वर्ष १३ की करुणा विक, वर्ष १० की रीया विकको लदरी खोलामा डुबेर (आज) सोमबार दिउँसो निधन भएको हो । उनीहरुसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी वर्ष १५ की अस्मिता गौतम र एक बालकको भने प्रहरीले जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।