चितवन बार एशोसिएसनको नेतृत्वका लागि वामपन्थी निकट पिएलएद्वारा उम्मेद्वारी घोषणा
चितवन, साउन १(
चितवन जिल्ला बार एशोसिएसनको २० औं अधिवेशनका लागि पेशागत तथा प्रगतिशील कानुन ब्यवसायी संगठन (पीएलए) को उम्मेदवारी घोषणा गरिएको छ ।
वामपन्थी निकट वकिलहरुको संगठन पिएलएले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वारी घोषणा गरेको हो । पीएलएले १३ सदस्यीय कार्यसमिति र ९ सदस्यीय पार्षदको घोषणा गरेको छ । पीएलएका तर्फबाट कमलराज पाठकलाई अध्यक्षको साझा उम्मेद्वार बनाइएको छ । त्यस्तै उपाध्यक्षमा हरिबहादुर मैनाली, सचिवमा धर्मेन्द्र थापा, कोषाध्यक्षमा सूर्यबहादुर बोहोरा, सहसचिबमा सरिता सापकोटा उम्मेद्बार बनेका छन् । त्यस्तै, सदस्यहरुमा शिवराम महतो, विकास गुरुङ, अर्जुनबाबु तिवारी, तुलसीराम पाण्डे, नारायण गिरी, टेकनाथ अधिकारी, र शिवप्रसाद लौडारी उम्मेद्वार बनेबा छन् भने महिला सदस्यमा भवानी लोहनी उम्मेद्वार छन् ।
यस्तै केन्द्रीय पार्सदमा भोलानाथ नेपाल, जनकराम पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद भण्डारी, केशवराज तिवारी, सपी मिया, खेमराज बराल, कृष्णप्रसाद पन्त र लक्ष्मी गौली उम्मेद्वार बनेका छन् ।
घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेद्वार कमलराज पाठकले बारको मूल्य र मान्यता स्थापित गर्न आफूले उम्मेद्वारी दिएको बताए । उनले स्वतन्त्र न्यायपालिका, कानुनी राज र मानवअधिकारको रक्षाका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
उम्मेद्वार घोषणा कार्यक्रममा जिल्ला बार एशोसिएसनका पुर्ब अध्यक्षहरु राजकुमार श्रेष्ठ, प्रकाशराज रेग्मी, जगन्नाथ भण्डारी, वर्तमान अध्यक्ष गोपिलाल देवकोटालगायतले बोलेका थिए ।