नेपाल नेत्रज्योति संघ चितवनमा धरेल को नेतृत्व

चितवन, असार ३१–

नेपाल नेत्रज्योति संघ चितवनको अध्यक्षमा कृष्णराज धरेल निर्वाचित भएका छन् ।

शाखाको आज (आईतबार) भरतपुरमा सम्पन्न २० औ वार्षिक साधारण सभा एबं अबिधेशनले धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा जयराम श्रेष्ठ, शान्तकुमार पिया, तेजेन्द्र बहादुर खड्का, डा. उन्नत श्रेष्ठ, ऋषिराम पौडेल, केशबप्रसाद अधिकारी, नवराज सापकोटा, शिदार्थलाल चुके, केशब देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाल सर्वसम्मत चयन भएका छन् ।

समितिको आईतबारै बसेको पहिलो बैठकले चिरञ्जीबि सुवेदी, सुधा जोशी र नारायण प्रसाद अधिकारीलाई समेत सदस्यमा मनोनित गरेको छ । समितिको निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ ।