निर्माणाधीन पर्खाल भत्काउने बानियाँ प्रहरी नियन्त्रणमा ।

चितवन , २६ असार । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ बनकट्टा स्थित आधारभूत विद्यालयको निर्माणाधीन पर्खाल भत्काउने एक जना रत्ननगर प्रहरीको फन्दामा परेका छन् । हेटौंडा उपमहानगरपालिका घर भई हाल कालिका नगरपालिका २ पदमपुर स्थित काका भरत बानियाँको घरमा बस्दै आएका २२ बर्षिय रविन बानियाँँ लाई आज विहान १० बजे प्रहरीले पक्राउ गरेको हो । राजनीति आडमा प्रतिबन्धित लागू औषध तथा गाँजा सेवन गर्दै आएका बानियाँलाई पदमपुर प्रहरीले पदमपुरमै रहेको एक स्कूल कम्पाउण्ड भित्रबाट सोमबार बेलुकी नियन्त्रणमा लिएको थियो । तर ,पक्राउ परेको केही घण्टामै उनलाई राजनीति आडमा प्रहरीले उन्मुक्ति दिन बाध्य भएका थिए । उनका अभिभावक एवं आफन्त समेत उनी कुलतमा फसेको भन्दै सुराकी लगाई पक्राउ गराएको थियो । तर , प्रहरी हिरासतबाट छुटे लगत्तै उनी सुुुध्रनुको सट्टा सोही बिद्यालयमा निर्माण सम्पन्न हुन लागेको पर्खाल भत्काएका थिए । उक्त आरोपमा उनलाई पुनः प्रहरीले पक्राउ गरेको हो । पर्खाल भत्काउनमा रबिनकै संँलग्नता रहेको आरोप स्थानीयको छ । यस बिषयमा बुझ्न खोज्दा इलाका प्रहरी कार्यालय टांँडीका डिएसपी बासुदेव खतिवडाले घटनाको अनुसन्धान गरी दोषिलाई कारवाही गरिने बताउनुभयो ।