भरतपुर महानगरपालिकाद्वारा सरकारी गाडीको चरम दुरुपयोग ।


चितवन , २१ असार । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन सरकारले बन्देज गरेको छ । यदी , चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम भए
चितवन प्रशासन समक्ष अनिवार्य पास लिनुपर्ने हुन्छ । तर, चितवनको भरतपुर महानगरपालिका त्यस्को कुनै प्रवाह गर्दैनन् । जिल्लामा सरकारी सवारीसाधनको कतिसम्म दुरुपयोग हुन्छ भन्ने तथ्य महानगरपालिकाले असार १७ गते छिमेकी जिल्ला तनहुुँमा पुगेर उदाङ्गो नै पारिदिएको छ । महानगरपालिकाको नाममा रहेको ना।१।झ १६०७ नम्बरको सरकारी गाडी चालक गणेश आचार्यले चरम दुरुपयोग गर्ने गरेको फेला परेको हो ।चालक आचार्यले मदिरा सेवन गरेर महानगरपालिकाको गाडी चलाउँदा राती एक बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस छेउबाट आइतबार मर्स्याङ्दी नदीमा खसेपछि उनले सवारीको दुरुपयोग कतिसम्म गर्छ, त्यस्को छताछुल्ल भएको हो । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले दिनुभएको जानकारी अनुसार असार १७ गते आइबार राती साँढे १ बजे दमौंली पुगेर नारायणगढतर्फ आउँदै गरेको गाडी सडकबाट झण्डै एकसय मिटर तल मर्स्याङ्दी किनारमा खसेको थियो । ‘दुर्घटना भएको दिन हामीलाई कुनै प्रकारको जानकारी भएको थिएनन् उहाँले भन्नुभयो स्( ‘दुर्घटनाको भएको भोलिपल्ट मात्रै चालकले खबर गरेपछि हामीलाई जानकारीमा आएको थियो । उनले घट्नाबारे जानकारी गराएलगत्तै हाम्रो टोली घट्नास्थलमा पुग्दा गाडी कच्याककुचुक अवस्थामा फेला परेको र बल्लबल्ल तानेर गाडी झिक्न हामी सफल भयौं । दुर्घटनामा कुनै पनि प्रकारको मानिस घाइते नभए पनि दुर्घटनामा परेको गाडी भने आँबुखैरहनी प्रहरीको नियन्त्रणमा रहेको र चालकलाई आवश्यक कार्वाही एवं अनुसन्धानका लागी मंगलबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक रोक्का भन्नुहुन्छ स् घट्नाको प्रकृती हेर्दा डरलाग्दो रहेको र घट्ना मान्छे बाँच्ने सम्भावना भने न्यून हुन्थ्यो । भाग्यबस यात्रु बाँचेको छ ।

दुर्घटनाबारे महानगरको स्वीकार ।
यता , भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरको गाडी तनहुँमा दुर्घटना भएको स्वीकार गर्नुभएको छ । उहाँले महानगरपालिकाका सवारी चालक गणेश आचार्यले आफूलाई कुनै पनि जानकारी नगराई राती साँढे ९ बजे महानगरपालिकाबाट गाडी निकालेर लगेको बताउनुभयो । चालक आचार्यले वसपार्कमा भिनाजुलाई लिन जान्छु भनी तनहुँ पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदी बताउनुहुन्छ । गाडीमा चालक सहित पाँच जना व्यक्ति भएको र त्यस्मा पनि कर्मचारी वा पदाधिकारी कोही पनि नभएको बताउनुभयो । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले सुरुमा चढेको यो गाडी हाल लेखा उपसचिव खडानन्द अधिकारीले चढ्दैं आएका थिए ।

आवश्यक छानबिन हुँदै छ स् चितवन प्रहरी प्रमुख
यता , जिल्ला प्रहरी कार्यालय चितवनका एसपी शुशील सिंह राठौरले घट्नाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा भरतपुर
महानगरपालिकाका चालक गणेश आर्चायले साथीहरुलाई लिइ तनहुँ घुम्न गएको बयानमा बताएको राठौरले बताउनुभयो । गाडीमा सवार पाँचैं जनाले जिल्लाको जुगेडी, जलविरे, तनहुँको सत्रसय लगायतका स्थानमा गएर मदिरा सेवन गरेको पाइएको बताउनुभयो । ’ एसपी राठौरले भन्नुभयो, ‘लापरर्वाही पूर्ण ढंगले सवारी चलाएर दुर्घटना गरेको देखिएको छ ।’चालक आचार्यसँगैं मोवाइल ब्यापारी विनोद चेपाङ, लोटल विद्यालयका लेखापाल दिपेश कुँवर, सुजित र भुवन नाम भएका अन्य दुई व्यक्ति थिए । भरतपुर महानगरपालिकाले घटनाका बारेमा अनुसन्धान गर्न भनेको तर कारर्वाही के गर्ने भन्ने बारेमा टुंगो नलागेको एसपी राठौंर बताउनुहुन्छ । उहाँको अनुसार उनीहरुलाई सवारीसाधन बनाइदिने शर्तमा छाड्ने वा सरकारी सम्पतीको दुरुपयोग र नोक्सानी गरेको अभियोगमा मुद्दा चलाउने त्यसबारेमा निर्णय लिन बाँकी रहेको बताउनुभयो । कुनै पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न सबैमा राठौरले अनुरोध गर्नुभएको छ । सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई हदैसम्मको कार्वाही हुने भएकोले यसतर्फ सबैलाई उहाँले ध्यानाकर्षण समेत गराउनुभयो ।