केरा फँडानी गरेर आरोपमा पक्राउ परेका मुख्य अभियुक्त सहित आधा दर्जन अभियुक्त कारागार चलान ।
चितवन , २२ असार । किसानले लगाएको केरा फँडानी गरेर आरोपमा पक्राउ परेका मुख्य अभियुक्त सहित आधा दर्जन अभियुक्त कारागार चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले तोकेको जरीवाना तिर्न नसक्दा उनीहरु कारागार चलान भएका हुन् । बैशाख १७ गते राती पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ भटेनी स्थित नयाँ टोलमा एक दर्जन किसानले लगाएको झन्डै ३ हजार १ सय बोट केरा फँडानी गरेको आरोपमा प्रहरीले ७ जनामाथी मुद्दा दायर गरेको थियो । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको विशेष टोलीले कालिका नगरपालिका १ बस्ने मनिष गुरुङ र अर्जुन वि।क। गहतराज, कालिका नगरपालिका ३ बस्ने गोपाल परियार र सुजन लोप्चन र कालिका नगरपालिकाकै वडा नम्बर ५ बस्ने उमेश माझीलाई पक्राउ गरेको थियो भने घट्नामा संलग्न दुई जना फरार भएका थिए । फरार भएका भनिएका घटनाको मुख्य योजनाकार कालिका नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २१ को अर्जुन डल्लाकोटीलाई बुधबार पक्राउ गरी बिहिबार जिल्ला प्रशासन कार्यालय चितवन पेश गरेकोमा त्यहाँबाट निजलाई २ लाख २५ हजार धरौटी माग गरिएको र धरौटी बुझाउन नसक्दा डल्लाकोटी कारागार चलान भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । यसअघि नै पक्राउ परेका ५ जनालाई जिल्ला प्रशासन कार्यालय चितवनमा पेश गरेको र जेठ १५ गते सबै अभियुक्तलाई जनही २ लाख २५ हजार धरौटी तोकिएकोमा धरौटी बुझाउन नसक्दा ५ जना नै कारागार चलान भएका थिए । भने , मनिष गुरुङ्ग र अर्जुन बि।क। ले धरौटी रकम बुझाएर छुटेका थिए । केरा फडानी हुँदा किसानहरुको करिब १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । सोही ठाँउमा रहेको पाँच कठ्ठा मकैको बोटमा समेत उनीहरुले क्षती पुर्याएका थिए ।
क ( कस्को केरा सखाप भयो रु
केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार सबैभन्दा बढी कोपिला दाहालको १२ सय बोट केरा नष्ट गरिएको छ भने, शोभा भट्टको ६ सय बोट , झलक सुवेदीको ३ सय बोट , शंकर अंम्गाईको २ सय ५० बोट , गोपी लामिछानेको २ सय बोट , नवराज धितालको १ सय ५० बोट , लिला पंगेनीको १ सय ५० बोट , पुर्ण वहादुर खड्काको ९७ बोट , देवी प्रसाद गोतामेको ५० बोट , गोविन्द दाहालको ५० बोट , र धुब्र आचार्यको ३५ बोट , भूमिनन्द दवाडीको १२ बोट केरा पुर्ण रुपमा नष्ट भएको छ । एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानको पाँच सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो , अध्यक्ष पन्तले भन्नुभयो स् किसानहरुको साँढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । यस्को क्षतीपुर्ति कस्ले दिने रु