जिसीका बिश्वासपात्र महिला असई बर्देवा लखटिईन

गैंडाकोट प्रहरीमा बेथिती बढेकै कारण दिनप्रतिदिन लागु औंषधको ट्रान्जिट बन्दैं


चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका एक महिला प्रहरी लखटिएकी छिन् । कार्यालयको मातहत अन्तर्गतको सामुदायिक प्रहरी सेवा केन्द्र गैंडाकोटमा कार्यारर्त ती बदनाम प्रहरी हुन् स्( प्रहरी सहायक निरीक्षक सरस्वती बर्देवा ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत बिकाश बिभाग कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ३७८१ मा जेठ महिनादेखि तलब खाने गरी हवल्दारबाट असई पदमा बढुवा भएकी उनको दरबन्दी ईलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ रहेको सरुवा सुची संख्या नम्बर ४१ को कम्प्युटर कोर्ड नम्बर सी(०००१७१८९३ को संकेत नम्बर ३११७४३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
यद्यपि, बर्देवाले झन्डै डेढ महिना देखि कार्यालय प्रमुख दिवश जिसी र कार्यालयकै तत्कालीन प्रहरी नायब निरीक्षक देवराज शर्मालाई समेत रिझाएकै भरमा थमौती पाउदै आएकी थिइन् ।

यतिसम्मकी प्रहरी मुख्यालय र स्वयं चार नम्बर प्रदेशले समेत रवाना बुझ्न यसअघि दिएको निर्देशन एवं परिपत्रलाई समेत कार्यालयकै प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीको संयुक्त सेटिङ्गमा आफ्नु श्रीमान बिदेशमा रहेको र बालबच्चा समेत भएको उल्लेख गर्दै भाद्रसम्म आफू यहीँ बस्न पाउँ तत्पश्चात आफैं राजीनामा दिएर जाने उल्लेख सहितको चार नम्बर प्रदेश प्रहरी कार्यालयमै पुगी काजका लागी अनुरोध समेत गरेकी थिईन् ।

सो, अनुरोधलाई चार नम्बर प्रदेशले रद्द गरिसकेको र काजमा कुनै पनि हालतमा खटाउन नमिल्ने बताइसकेको अवस्थामा पनि बर्देवालाई कार्यालयले रवाना दिन भने मानिरहेका थिएनन् ।

पछि उनको विरुद्धमा प्रहरी मुख्यालय र चार नम्बर प्रदेशका डिआइजी दान सिंह बोहरा र पिएसओ प्रहरी नायब निरीक्षक जनक मगर समक्ष समेत दरबन्दीमा जान नमानेको, ढिपींं मारेर बसेको र कार्यालय प्रमुखले नै काखी च्यापेर राख्ने गरेको भन्ने ब्याबहोरा सहितको उजुरी एवं गुनासो चार नम्बर प्रदेश प्रहरीमा बारम्बार पर्न थालेपछि चार नम्बर प्रदेशले ईलाका प्रहरी कार्यालय गैंडाकोटलाई लिखित एवं मौखिक रूपमै बर्देवालाई रवाना बुझ्न निर्देशन समेत दिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार चार नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको निर्देशनका आधारमा आइतबार नै बर्देवालाई २४ घण्टे म्याद राखी जिल्ला प्रहरी कार्यालय तनहुँको रवाना दिएको समेत स्रोतले दाबी गरेको छ ।
रवाना बुझ्न कार्यालय बोलाएलगत्तै बर्देवाले प्रहरी नायब निरीक्षक प्रकाश सिंखडासमक्ष बिदा मागेकी थिईन र बिदा समेत अस्वीकृत गरेपछि राजीनामा दिन्छु भनी धाकधम्की समेत दिदै आएकी थिईन ।

उनको धाक धम्कीको बाबजुद कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रकाश सिंखडाले सम्बन्धित कार्यालयबाटै राजीनामा दिनुपर्ने हो की बिदा लिनुपर्ने हो लिनु मैले यहाँबाट केही गर्न सक्दिनँ, मलाई अधिकार छैनन् । माथिको आदेश हो अनिवार्य रवाना बुझ्नुपर्ने निर्देशन एवम् परिपत्र भएको छ, भन्दै रवाना बुझ्न निर्देशन दिदा उनले विभिन्न प्रहरी अधिकारीलाई फोन गरी दरबन्दीमा फिर्ता हुन रोकिदिन आग्रह समेत गरेको बुझिन आएको छ ।

दरबन्दीमा जानै नमाने र सबैथोक आफुले नै भनेको हुनुपर्ने मानसिकता बोक्दै आएकी बर्देवालाई कार्यालय प्रमुख दिवश बहादुर जिसी र प्रहरी नायब निरीक्षक देवराज शर्माको पुर्णतः संरक्षण रहिआएको थियो ।

बर्देवा आफ्नु दरबन्दीमा फिर्ता भए लगत्तै सामुदायिक प्रहरी कार्यालय वरपरका स्थानीयबासिन्दा खुशी छन् भने कार्यालय प्रमुख जिसी र प्रहरी जवान ऋषि बानियाँ भने दुःखी भएको र उनीहरु अहिले आक्रमक रूपमा लागिपरेको खबर प्राप्त भएको छ ।

खबर अनुसार बानियाँले अहिले आक्रमक रूपमा सबैलाई भड्काउन र कार्यालय प्रमुखलाई उचाल्ने साथै पत्रकारको कल डिटेल झिक्नुपर्छ भन्दै हो (हल्ला गर्दै हिंड्ने समेत बुझिन आएको छ ।
स्मरण रहोस् स् कुनै पनि समाचारमा चित्तबुझ्दो नभए कानुनी प्रक्रिया हुँदा हुँदै पत्रकारको कल डिटेल निकाल्ने गैंडाकोट प्रहरीको योजना गैंरकानुनी, नि नदनिय एंव भत्सर्ना योग्य छ ।

गैंडाकोट प्रहरीको बेथितीको बिषयमा यस क्षेत्रका आमसर्वसाधरण जानकार छन् र यो बिषय प्रहरी मुख्यालय र गृहमन्त्रालयसम्म पुगिसकेको अवस्थामा पनि पत्रकार र प्रहरीको कल डिटेल निकालेर म्याच गर्नुपर्छ भन्दै बानियाँ हिंडे्को र बाँनियालाई पर्दा भित्रबाट कार्यालय प्रमुख दिवश जिसी र कार्यालयकै तत्कालीन प्रहरी नायब निरीक्षक देवराज शर्मा रहेको श्रोतको दाबी छ ।
यसैविच गैडाकोट नगरपालिका क्षेत्र दिनप्रतिदिन लागु औंषधको ट्रान्जिट बन्दैं गरेको देखिन्छ । गैंडाकोट प्रहरीमा बेथिती बढेकै कारण यो क्षेत्र लागु औंषधको ट्रान्जिट बनेको स्वंय स्थानियहरु बताँउछन । प्रहरीमा बेथिती बढेसँगै यो क्षेत्रका होटल तथा लजमा बेश्यावृती बढनुका साथै चितवन प्रहरीले जुवामा कडार्य गरेपछि चितवनका जुवाडेहरुले समेत गैडाकोटलाई सुरक्षित स्थलको रुपमा प्रयोग गरिरहेको बुझिन आएको छ । यसैविच यस विषयमा बुझ्नखोज्दा गैडाकोट प्रहरी प्रमुख दिवश जिसीसँग सम्पर्क हुन सकेन् ।