सि.आइ.डी. हुँ भन्दै दुई युवाले गरे महिला माथि बलात्कार ।
चितवन , १२ असार । चितवनमा गएको बुधबार राती एउटा अनौठो घट्ना घटेको छ । आफुुुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सादा पोशाकका प्रहरी बताउने दुईजना युवाहरुले कालिका नगरपालिकाको पदमपुुुरका एक महिलालाई बलात्कार गरेका छन् । भने , उनका श्रीमानलाई निर्घात कुटपिट गरेका छन् । घट्ना एक साता अगाडिकै भएपनि आज मात्रै बाहिरिएको हो । आफुलाई घुमुवा प्रहरी बताउने ती युवाले राती घरमा सुतीरहेको अवस्थामा आफ्ना श्रीमानलाई एउटा घटनाको अनुसन्धानको शिलशिलामा लिन आएको भन्दै केही पर लगी कुटपिट गरेर बाटोमा नै छाडी पुनः पिडित महिलाको घरमा गएर तेरो श्रीमान भाग्यो अब त हामीसँग ईलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ भन्दै पिडित महिलालाई मोटरसाइकलमा हाली कालिका नगरपालिका वडा नम्बर २ थाङ्गखोला जंगलमा लगेर बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय टाँडीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । उनीहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका हुन् । घटनालगत्तै फरार भएका कालिका नगरपालिका वडा नम्बर ३ बस्ने २३ बर्षीय प्रितम थिङ्गलाई प्रहरीले पक्राउ गरिएको छ भने,अर्को एक युवकको खोजी कार्य तीब्र पारिएको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।