चितवन उद्योग संघले सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने ।

चितवन , १२ असार । चितवन उद्योग संघले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने भएको छ । चितवन औद्योगिक प्रदर्शनी केन्द्रले भरतपुरमा ‘दशैं महोत्सव २०७५’ मा सहुलियत दिन बजार सञ्चालनमा ल्याइने बताएको हो । संघका अध्यक्ष तथा महोत्सवका संयोजक भेषराज दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण प्रकारका उपभोग्य सामानहरु एउटै छानामुनी सुपथ मूल्यमा उपलब्ध गराई उपभोक्तालाई सेवा प्रदान गर्ने उद्देश्यले महोत्सव सञ्चालनमा ल्याएको बताए । महोत्सवको आकर्षणमा उपभोग्य वस्तुको प्रत्यक्ष अवलोकन एवंम प्रदर्शनी, सबै प्रकारका उपभोग्य वसतुको खरिद–विक्री, होटल तथा रेष्टुरेण्ट परिसर, परम्परागत मनोरञ्जनका सामाग्रीहरु ९लिङगे पिङ, रोटे पिङ०, विविध साँस्कृतिक कार्यक्रमहरु राखिने दुवाडी ले बताए । असोज १८–२७ गतेसम्म हुने महोत्सवका लागि स्टल बुकिङ सुरु गरिएकोमा “मूल्य सूचि राखिएका, गुणस्तर मापन गरेका सामाग्री बिक्रिका लागि राखिने अध्यक्ष दुवाडीले बताए । महोत्सवमा प्रवेशका लागी विद्यार्थीलाई ३० र सर्वसाधरणलाई ५० रुपैयाँको टिकट व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा कुल २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।