अनिश्चितकालीन शैक्षिक हड्ताल दोस्रो दिन पनि जारी

एक स्कुल माथि क्रान्तिकारीद्वारा तोडफोड ।

अखिल ९क्रान्तिकारी० चितवनका अध्यक्ष रमेश लामिछाने

चितवन , ११ असार । अखिल क्रान्त्तिकारी ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको प्रभाव आज दोस्रो दिन पनि देखापरेको छ । आफ्नु विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर झुठो मुद्दा लगाइ फसाएको भन्दै आन्दोलित विद्यार्थीहरुले आइतबारदेखि सुरु गरेको शैक्षिक हडतालको प्रभाव आज दोस्रो दिनपनि देखापरेको हो ।

आइतबार औपचारिक रूपमै जिल्लामा क्रियासिल विभिन्न संघसंगठनहरुले बन्दको बिरोध जनाएपनि आन्दोलनरत पक्ष
शैक्षिक हड्ताल गर्ने पक्षमै देखिदा विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको सरोकारवालाहरुको भनाई छ । यता, सोमबार मध्यान्हदेखी शैक्षिक हडताल फिर्ता भएको भनी बाहिर भ्रम छरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ । क्रान्तिकारीले आफ्नु सामाजिक सञ्जाल मार्फत शैक्षिक हडतालको कुनै कार्यक्रम फिर्ता नभएको स्मरण गराउदै बिरोध गर्ने तत्वलाई कार्वाही गर्ने समेत चेतावनी दिएकोछ  ।

यसैबीच , जारी शैक्षिक हडतालको अवज्ञा गर्ने एक बिद्यालय माथि अखिल क्रान्तिकारीले सोमबार आक्रमण गरेको छ । चितवनको भरतपुर महानगरपालिका १० स्थित बालमन्दिर रोडमा रहेको अरोमा माध्यामिक विद्यालयमा विद्यार्थीले तोडफोड गरेको हो । सो , विद्यालयको एकाउन्ट शाखामा बन्दकर्ताले तोडफोड गरेको बुझिएको छ ।

साथै, एक स्कुल बसलमाथि समेत तोडफोड गरेको अखिल ९क्रान्तिकारी० चितवनले जनाएको छ ।