पार्टी अनुशासनबारे कमरेड माओ
“अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा निर्धारित हुन्छ र साथै कार्यदिशाको कार्यान्वयनलाई सुनिश्चित गर्दछ । अध्यक्ष माओले परिभाषा गर्नु भए अनुसार समाजवादको पुरै ऐतिहासिक अबधी भरीका लागि पार्टीको आधारभूत कार्यदिशा माक्र्सवादी–लेनिनवादी कार्यदिशा हो र यो हाम्रो सबै कामको लागि आधारभूत सिद्धान्त हो ।
यो कार्यदिशामा दृढतापूर्वक अडिएर मात्र पार्टीमा सर्बहारावादी अनुशासनलाई बलियो बनाउन र पुरा पार्टीको “सोचाई, नीति, योजना, कमाण्ड र कार्बाहीमा सच्चा एकता” प्राप्त गर्न संभव छ । यो कार्यदिशा छाडनु र गलत कार्यदिशा लागु गर्नुको अनिवार्य अर्थ पार्टीको सर्बहारावादी अनुशासनलाई ध्वंश गर्नु हुन्छ र सर्बहारा वर्गको एकीकृत विचारको सबै कुरा अर्थहीन हुन जान्छ । अनुशासन र कार्यदिशाका बीचको सम्बन्धको एउटा पक्ष यो हो । अर्को तिर, पार्टीको कार्यदिशालाई लागु गर्ने काममा सर्बहारा वर्ग र आम क्रान्तिकारी जनतालाई नेतृत्व गर्न माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको आधारमा उच्चस्तरको केन्द्रीयता र आम पंक्तिको एकता सुनिश्चित गर्नका निम्ति हाम्रो पार्टीलाई एकीकृत अनुशासन आवश्यक पर्दछ । एकीकृत एकता छैन भने, प्रत्येकले आनै तरिकाले चल्छ र चाहे अनुसार गर्छ भने, दिशामा र काममा एकता छैन भने पार्टीको आधारभूत कार्यदिशा लागु गर्न र पार्टीलाई सर्बहारा वर्गको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन गाह्रो हुन्छ ।
सर्बहारा वर्गको अधिनायकत्वको अबधीमा पार्टीभरी एकै प्रकारको अनुशासन लागु गर्ने कुरा सधै भन्दा बढी महत्वपूर्ण छ । किनभने, यो अवधीमा हामीले सबै प्रारंभिक संगठनहरुमा सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्ने आधारभूत कामलाई राम्रो गरी अगाडी बढाउनु पर्दछ, हामीले समाजवाद निर्माणको गति बढाउनु पर्दछ, आन्तरिक रुपमा पूंजीवादको पूनस्र्थापनालाई र वा≈यरुपमा साम्राज्यवाद तथा सामाजिक साम्राज्यवादद्वारा हुन सक्ने आक्रमण तथा विद्रोहलाई रोक्नु पर्दछ, यो सर्बहारा अनुशासनलाई बलियो बनाएर मात्र गर्न सकिन्छ । लेनिनले औल्याउनु भयो, “जसले सर्बहारा वर्गको पार्टीको फलामे अनुशासनलाई थोरै भएपनि कमजोर पार्छ ९खास गरी सर्बहारा अधिनायकत्वका बेला० त्यसले सर्बहारा वर्गका विरुद्ध बुर्जुवालाई सहयोग गरेको हुन्छ ।” यसले स्पष्ट देखाउंछ कि पूजीवादबाट साम्यवाद तर्फ संक्रमणको ऐतिहासिक अवधी भरी हामीले सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ बनाउन र पूजीवादको पुनस्र्थापना रोक्नका निम्ति सर्बहारा वर्गको फलामे अनुशासनलाई निरन्तर बलियो बनाई राख्नु पर्दछ । पार्टीको अनुशासनलाई कमजोर पार्ने उद्देश्यको कुनै कामले वस्तुतः सर्बहारा बर्गका विरुद्ध लडन, सर्बहारा वर्गको अधिनायकत्वलाइ कमजोर पार्न र ध्वंश गर्न समेत पूजीपति वर्गलाई फाईदा पु¥याउंछ ।
पार्टी अनुशासनलाई बलियो बनाउनु पर्ने बारे हामीलाई अध्यक्ष माओले बारंबार सिकाउनु भएको छ । दोस्रो क्रान्तिकारी गुहयुद्धका बेला माओले आनो कृति पार्टीमा गलत विचारलाई सुधार्ने बारेमा पार्टीको अनुशासन नमान्ने अतिजनवाद खोज्ने, संगठन अस्वीकार गर्ने र अन्य हानीकारक प्रवृत्तिहरुको निर्मम ढङ्गले आलोचना गर्नु भएको थियो । यसमा वहांले पार्टीले पारित गरेका दस्ताबेजहरुलाई मान्नु पर्छ, यसको अनुशासनलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा जोड दिनु भयो र पार्टी तथा सेना निर्माण गर्दा वैचारिक तथा सांगठनिक हिसाबले अवलंबन गर्नु पर्ने दिशाबारे व्याख्या गर्नु भयो । जापान विरोधी प्रतिरोध युद्धका बेलामा अध्यक्ष माओले उदारबादको विरोध गर भन्ने अर्को एउटा उत्कृष्ट कृति रचना गर्नु भयो जसमा वहांले सिङ्गो पार्टीले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी स्पिरिट सहित उदारवादमाथि कसरी विजय प्राप्त गर्ने भन्ने बारे सिकाउनु भयो । चाङ्गको थाओको अवसरवादी कार्यदिशाका विरुद्धको संघर्षको अनुभवलाई समीक्षा गरी अध्यक्ष माओले पुन एक पटक एकीकृत पार्टी अनुशासनको महत्व बारे जोड दिनु भयो र तीखो गरी औंल्याउनु भयो कि “अनुशासनका बुंदालाई जो सुकैले उल्लंघन गरे पनि त्यसले पार्टी एकतालाई खलबल्याउंछ ।” मुक्ति युद्धका बेला अध्यक्ष माओले घोषणा गर्नु भयो, “सेना अगाडि बढछ, उत्पादन बढछ । जव हाम्रो अनुशासनको भाव मजबुत हुन्छ हामी क्रान्तिमा सधैं विजयी हुन्छौं,”
यसरी आम पार्टी, सेना तथा जनतालाई देशव्यापी विजयको निर्देशन दिनु भयो । पुरा देशको मुक्ति पछि, अध्यक्ष माओले पार्टीको अनुशासनलाई मजबुत बनाउनु पर्ने आवश्यकतामा बारंबार जोड दिनु भएको छ र स्वतन्त्रता र अनुशासनका बीचको द्वन्द्वात्मक संबन्धमा प्रकास पार्नु भएको छ । लिन पियाओको पार्टी बिराधी गुटलाई हराउन पार्टी, सेना र जनतालाई नेतृत्व गर्ने क्रममा अध्यक्ष माओले “तीन गर र तीन नगर” भन्ने तीन आधारभूत सिद्धान्तहरु सुत्रबद्ध गर्नु भयो र “कार्यकर्ताहरु, जनताहरु र पार्टी सदस्यहरुलाई अनुशासनका तीन नियम र ध्यान दिनु पर्ने आठ बुंदा पढाउनु पर्ने” आवश्यकता औल्याउनु भयो । यो निर्देशनका कारण पूंजीवादको पुनस्र्थापना गर्ने लिन पियाओको पार्टी विरोधी गुटको आपराधिक षडयन्त्रलाई पूर्णतः ध्वंश गर्न जनताहरु सक्षम भए । अध्यक्ष माओ आफैले दिनु भएको प्रशिक्षणको परिणाम स्वरुप लामो क्रान्तिकारी संघर्षको प्रक्रियामा अनुशासनलाई सम्मान गर्ने कुरा हाम्रो पार्टीको एउटा गौरवशाली परंपरा र पार्टीको एकतालाई सुदृढ गर्ने तथा दुश्मनलाई हराउने शक्तिशाली हतियार बनेको छ ।
पार्टीको माक्र्सवादी–लेनिनवादी कार्यदिशा बदल्न र गोप्य फुटबादी गतिविधी संचालन गर्नका निम्ति सबै अवसरवादी कार्यदिशा अंगालेका नेताहरुले पार्टी अनुशासनको विरोध गर्न सधैं हर उपायहरु प्रयोग गरेका छन र यसलाई ध्वंश गर्न सब कुरा गरेका छन् । छन तु शु, वाङ्ग मिङ्ग र चाङ्गको थाओदेखि लिउ शाओ ची, लिन पियाओ र यस्तै अरु ठगहरुले हाम्रो पार्टीको ईतिहास भरी यस्तै गर्दै आएका छन् । तिनीहरु सबै पार्टीलाई ध्वंश गर्न चाहने संकीर्ण, फुटवादी र गुण्डाहरु थिए । जहासम्म लिन पियाओ र उस्को पार्टी विरोधी गुटको कुरा छ, एकातिर तिनीहरुले उत्तेजनामा आएर पार्टीको केन्द्रीकृत अनुशासनलाई ध्वंश गरे, पूजीवादी मूख्यालय खडागरे, अध्यक्ष माओद्वारा नेतृत्व गरिएको केन्द्रीय समितीको विरोध गरे, विद्रोह मार्फत सत्ता कव्जागर्न प्रयत्न गरे भने अर्को तिर, तिनीहरुले आनो पार्टी विरोधी गुटभित्र पार्टी अनुशासन पालना गर्नु पर्छ भन्ने बहानामा फासीवादी अनुशासन लागु गरे । यो सबै पार्टीको आधारभूत कार्यदिशालाई विरोध गर्ने र प्रतिक्रान्तिकारी संशोधनवादी कार्यदिशा लागु गर्ने उद्देश्यमा आधारित थियो । हामीले पार्टी अनुशासनलाई ध्वस्त गर्ने लिन पियाओ र कंपनीका अपराधहरुलाई गहिरो गरी आलोचना गर्नु पर्दछ र हामीले अनुशासनलाई सुदृढ र मजबुत बनाउन प्रयत्न गर्नु पर्दछ ।
९चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई पुस्तकबाट०