पोखरीमा डुबेर महिलाको ज्यान गयो ।
चितवन , २४ जेठ । चितवनमा माछा मार्ने क्रममा डुबेर एक महिलाको आज बिहीबार ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी कुमाल बिहान ७ बजे माछा मार्ने भनी घरबाट हिंडेको र दस बजे पोखरीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको गितानगर प्रहरीले जनाएको छ ।