अबैध रूपमा सञ्चालित ईन्स्टिच्युटहरुमाथि चितवन प्रशासनको निगरानी ।

चितवन , ०२ जेष्ठ । चितवनमा बिनादर्ता सञ्चालन आएको ईन्स्टिच्युटहरुमाथि जिल्ला प्रशासन कार्यालय चितवनले निगरानी बढाएको छ । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीले नेतृत्व पाएसंँगै बिनादर्ता सञ्चालित ईन्स्टिच्युहरुमाथि प्रशासन आक्रमक रूपमा लागिपरेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतलाई विशेष सुचना आएलगत्तै अनुगमनमा गएको टोलीले भरतपुर र नारायणगढका ९ ओटा इन्स्टिच्युटहरु मध्य एउटा इन्स्टिच्युट बन्द गराएको अनुुुगमन टोलीले बताए । जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माका अनुसार अनुगमनका क्रममा सेन्ट जेभियर्सको शाखा शिक्षा विभागमा दर्ता नै नभई सञ्चालन भएको पाइएपछि बन्द गराइएको बताए । उनका अनुसार अन्य ५ ओटा ईन्स्टिच्युहरुलाई पनि कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको समेत बताए । अनुगमन टोलीले सप्तगण्डकी चोकको सि स्टार एजुकेशनल कन्सलटेन्सि, चितवन ह्वाइट हाउस एजुकेशनल एकेडेमी, ह्वाइट हाउट एजुकेशन जोन लगायत कन्सलटेन्सिहरुको अनुगमन गरेको थियो । यता, प्रमुख जिल्ला अधिकारी बस्नेतले मापदण्ड विपरित सञ्चालन भएका व्यवसायीलाइ कडाई गर्ने आफू तयार भएको बताउनुहुन्छ । उहाँले अनुगमनलाइ चुस्तदुरुस्त बनाउन महिनामा कम्तिमा एक पटक बजार अनुगमन समितिको बैठक बस्ने र नियमक निकायलाई थप सक्रिय हुन निर्देशन समेत दिए ।