करणीको आरोपमा बालक प्रहरी नियन्त्रणमा ।
चितवन , ०२ जेष्ठ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले सोमबार एक बालकलाई पक्राउ गरेको छ । गत , वैशाख ३१ गते सोमबार आफ्नै छिमेकी बालिकालाई जवरजस्ती करणी गरेको भन्दै पीडितको बाबुले प्रहरीमा जाहेरी दिए लगत्तै भरतपुर महानगरपालिका–१ देवघाट बस्ने वर्ष १७ एक बालकलाई पक्राउ गरेको हो ।