सम्पर्क्विहीन मकालु एयरको जहाज बाजुराको नदी किनारामा दुर्घटनाग्रस्त
चितवन । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको सम्पर्क्विहीन भएको जहाज बाजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोमा उनीहरुको निधन भएको खबर प्राप्त भएको छ ।
बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको उक्त ९ एनएजेयु कलसाइन भएको जहाजमा चालक दलका दुई जना रहेको
जहाज बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि उडेको थियो । नौ सिट रहेको सो जहाजमा पाइलट किरण भट्टराई र को(पाइलट आदित्य नेपाली मात्र रहेकोमा उनीहरुको निधन भएको जानकारी आएको छ ।