मोदी आउँदा प्रधानमन्त्रीले नै देशको अपमान गरे : फोरम अध्यक्ष यादव
चितवन, वैशाख ३१– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको प्रसगं उल्लेख गर्दैआफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको लागी सबैभन्दा ठूलो अपमान भएको बताएका छन् ।
आज भरतपुरमा संचारकर्मीहरुसंग कुरा गर्दै यादवले प्रधानमन्त्रीले गर्दा देशको शिर झुकेको बताएका हुन् ।
भरतपुरमा आयोजित राजनैतिक अन्र्तक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका अध्यक्ष यादवले मोदी स्वगतमा केन्द्रबाट चार चार जना मन्त्रीलाई पठाएर दुई दुई जनाले स्वागत गर्नु गाईजात्रा जस्तो भएको टिप्पणी गरे । नेपालका प्रधानमन्त्री भारत जाँदा प्रदेश मूख्य मन्त्री र मन्त्रीले स्वागत गरेको उदाहरण दिँदै उनले सरकारले चलाएको कदम गलत भएको बताए । अध्यक्ष यादवले नेपाली सेना र फौजको मनोबल गिराउने काम वर्तमान सरकारले गरेको भन्दै ओलीको राष्टवाद प्रष्ट भएको व्यग्य गरे ।
उनले मोदी स्वागतमा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले बोलेको कुरा जायज भएको भन्दै उनको बचाउ गरे ।
प्रदेश २ का मूख्य मन्त्री राउतले मुलुक र प्रदेशको वस्तुतस्थिति बारे याथार्थ बोलेको उनको जिकिर थियो ।
अध्यक्ष यादवले मुलुक संघीयतामा गईसके पनि प्रदेश सरकारलाई भुमिका विहीन बनाएर केन्द्र सरकारले गल्ति गरिरहेको भन्दै ओली सरकारको कडा आलोचना समेत गरे ।
अर्को प्रसंगमा अध्यक्ष यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्धा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको जानकारी दिए । वर्तमान सरकारलाई आफूहरुले समर्थन गरि सकेको भन्दै उनले एक दुई मन्त्रालय लिएर जागिर खानका लागि मात्रै सरकारमा जानुको औचित्य नहुने उनको कथन थियो ।