चितवनमा बमको विगविगी

स्थानिय त्रसित, प्रहरी हैरान

चितवन ÷ चितवनमा आज बमको विगविगी छ । विहान ३ बजेबाट बमको विगविगी शुरु भएको चितवनमा अघि ४ बजे सम्म बम फेला पर्ने क्रम चलिरहेको छ । कतै सक्कली बम पड्रकिएको छ त् कतै नक्कली बम राखेर स्थानियलाई त्रसित बनाईएको छ ।

आइतबार बिहानै चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुन सक्ने चितवन प्रहरीको भनाई छ । बिहान ३स्४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा वम पड्कदा केहि सिसा फुटेको छ । साथै विस्फोटका कारण नजिकै रहेको होटल रोयल सेन्चुरीमा समेत केहि क्षति भएको छ । नेकपाले राखेको बन्दमा यस अघि भाटभटेनी सुपरमार्केट सञ्चालन गएिको कारण कारबाही गरिएको हुनसक्ने जानकारहरुको बुझाई छ ।

यस्तै, जिल्लाकै खैरहनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएको खबर छ ।
आज ४ बजे मात्र भरतपुर १० हाकिमचोकमा बम भेटिएको छ । अज्ञात समुहद्धारा राखिएको बमको कारण स्थानिय एंव यात्रुहरु त्रसित बनेका छन् । बम नेपाली सेनाको डिस्पोजल टोली आइ डिस्पोजल गरिसकेको छ ।

जिल्लामा बमको पड्काउने र सार्बजनिक स्थानमा राख्नेक्रम बढेसँगै जिल्लाको शान्तसिुरक्षामा खलल पुगेको देखिन्छ । बमको कारण स्थानियहरु त्रसित छन् । बमको कारण प्रहरी प्रशासन भने हैरान देखिन्छन् । नेकपाले राखेको बन्दको कारण पनि जिल्लाका प्रहरीलाई शास्ती भईरहेकोमा बमको विगविगी बढेपछि उनीहरु थप हैरान भएका हुन् ।

यसैविच जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक थापाले बम राख्नेहरुको हुलिया पहिचान भईसकेकाले खोजी शुरु भइसकेको जानकारी दिए ।